हत्यैहत्या र लासैलासको खातमा उभिने राजसंस्था अब फर्किँदैन- खगराज अधिकारी
पोखरा । गण्डकीका पूर्वमुख्यमन्त्री तथा एमाले नेता खगराज अधिकारीले राजसंस्था अब कुनै हालतमा नफर्किने चेतावनी दिएका छन् ।
आइतबार प्रदेश सभामा सम्बोधन गर्दै उनले हत्यैहत्या र लासैलासको खातमा उभिने राजसंस्था जनताले फालिसकेकोले अब फर्किने सम्भावना नरहेको बताएका हुन् ।
‘बालकृष्ण समका ज्वाईं छोरीलाई खाल्डो खनेर पुर्ने यही दरबार होइन ? नारायणहिटीमा हत्या काण्ड कसले गर्यो ? कांग्रेसले, एमालेले, माओवादीले गर्यो ? यही दरबारले गरेको होइन ?,’ उनले भने, ‘दरबार हत्यैहत्या र लासैलास माथिको खातमा उभिएको हो । अब जनताले फालिसकेको राजसंस्था फर्किँदैन । कोही पनि पछि नलागे हुन्छ ।’
अधिकारीले १५ गतेको घटनामा संलग्न सबैलाई सख्त कारबाहीको माग गरेका छन् । ‘१५ गतेको घटना हाम्रो मुलुक, लोकतन्त्र, गणतन्त्र, संघीयता माथि बर्बर आक्रमण गर्ने गरी, उत्तेजक बनाउने गरी, सुनियोजित ठाउँमा आक्रमण गरेर जनताको जिउधनमाथि खेलवाड गरी आगजनी गरे जिउँदै पत्रकारलाई जलाउने अपराधीलाई सख्त कारबाही गरियोस्,’ उनले भने ।
पूर्व गृहमन्त्रीसमेत रहेका अधिकारीले राजतन्त्र फर्काउने सपना गणतन्त्रवादीहरूले चकनाचुर पार्ने चेतावनी दिए । ‘पुरानो तन्त्र फर्काउने कसैले सपना देखेको छ भने सिंगो प्रदेश सभा एक स्वरका साथ भन्छ, तिनका सपना चकनाचुर पारेर गणतन्त्रलाई अझै बलियो बनाउने अभियानका साथ अघि बढ्छ,’ उनले थपे, ‘हामीले केही सुधार्नुपर्ने कुरा हुन सक्छन् । तर गणतन्त्रलाई मन नपराएर कागतालीले राजा बनेको व्यक्तिलाई फेरि सिंहासनमा फर्काउन सक्छु भनेर कल्पना गर्ने र बैंकको ऋण नतिरे पनि हुन्छ भनेर जनताको जिउधनमा आगजनी गर्ने अपराधीलाई तुरुन्त कारबाही गरियोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण