सत्यनिरुपण र बेपत्ता छानविन आयोगका पदाधिकारी सिफारिस समितिले थाल्यो काम
काठमाडौं । सङ्क्रमणकालीन न्यायसँग जोडिएका सत्यनिरुपण र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका पदाधिकारी छनोटका लागि गठित सिफारिस समितिले काम थालेको छ ।
समितिको आइतबारको पूर्ण बैठक बसी काम सुरु गरेको सिफारिस समितिका सदस्य एवं प्रवक्ता डा. लीली थापाले जानकारी दिईन् । मन्त्रिपरिषद्को चैत ११ को बैठकले सिफारिस समिति गठन गरेको थियो । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ३ को उपदफा ३ बमोजिम सिफारिस समिति गठन भएको हो ।
सिफारिस समितिको पहिलो बैठक बसी समितिले आफ्नो कार्य प्रारम्भ गरेको र तोकिएको दुई महिनाभित्र आवश्यक काम पूरा गरिने जनाएको छ । सिफारिस समितिले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष र सदस्य नियुक्तिका लागि सिफारिस गर्ने जिम्मेवारी प्राप्त गरेको छ । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सिफारिस समिति गठन गरिएको थियो ।
समितिमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, अर्जुन कार्की र स्टेला तामाङ सदस्य छन् । त्यसैगरी राष्ट्रिय मानवअधिकार आयोगका तर्फबाट डा. लीली थापालाई सदस्यका रुपमा जिम्मेवारी तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण