इजरायली प्रधानमन्त्रीद्वारा कानूनी चुनौतीलाई बेवास्ता गर्दै नयाँ सुरक्षा प्रमुख नियुक्त
जेरुसेलम । सर्वोच्च अदालतले वर्तमान प्रमुखको बर्खास्तीलाई रोकेको भए पनि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पूर्व नौसेना कमान्डर एली शर्भितलाई आन्तरिक सुरक्षा निकायको प्रमुखका रूपमा नियुक्त गरेका छन् ।
निकायको प्रमुखमा ‘निरन्तर विश्वासको कमी’ भएको भन्दै नेतन्याहुले मार्च २१ मा वर्तमान शिन बेट प्रमुख रोनेन बारलाई हटाउने कदम चालेका थिए । तर इजरायलको विपक्षी दल र एक गैर–सरकारी संस्थाद्वारा दायर निवेदनपछि सर्वोच्च अदालतले बारको बर्खास्तीलाई निलम्बन गरेको थियो ।
सात उम्मेदवारसँग अन्तर्वार्ता गरेपछि प्रधानमन्त्री नेतन्याहुले इजरायलका पूर्व नौसेना कमान्डर, भाइस एडमिरल एली शर्भितलाई अर्को आइएसए (शिन बेट) को निर्देशकका रूपमा नियुक्त गर्ने निर्णय गरेका हुन्, प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
बारको बर्खास्तीमा सर्वोच्च अदालतको फैसला अझै बाँकी रहेकोले शर्भितले कसरी र कहिले औपचारिक रूपमा निकायको नेतृत्व ग्रहण गर्ने हो भन्ने अझै अस्पष्ट छ । नेतन्याहुको कार्यालयले शर्भितले सैनिकमा ३६ वर्ष सेवा गरेको र यसमा पाँच वर्ष नौसेना कमान्डरको रूपमा रहेको बताएको छ ।
पदमा उनले क्षेत्रीय जलको समुद्री रक्षाको बल निर्माणको नेतृत्व गरेको, हमास, हिज्बुल्लाह र इरानविरुद्ध जटिल अभियानहरू सञ्चालन गरेको वक्तव्यमा उल्लेख छ ।
अदालतमा कानूनी प्रक्रिया चलिरहेकै समयमा पदका लागि उम्मेदवारहरूको अन्तर्वार्ता लिन सर्वोच्च अदालतले अनुमति दिएका कुरा समानान्तर रूपमा अघि बढिरहेको एक कानूनी विशेषज्ञले भने, ‘बर्खास्ती (बारको) कति कानूनी छ भन्ने प्रश्न अझै सर्वोच्च अदालतमा विचाराधीन छ र यो अझै अदालतद्वारा रद्द हुन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण