तीनकुने घटना आपराधिक हो: उपेन्द्र यादव
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले चैत १५ गतेको काठमाडौँको तीनकुनेको घटना आपराधिक भएको बताएका छन् ।
सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले लोकतन्त्रमा सबैले आआफ्नो विचार राख्न र बोल्न पाउने भएता पनि त्यस दिनको उग्र गतिविधि अपराध गर्ने मानसिकताबाट ग्रसित भएको बताए ।
राजतन्त्र फर्काउने नाममा भएको हत्या, आगजनी र तोडफोडले लोकतान्त्रिक पद्धतिको खिल्ली उडाएको र त्यस दिनको सम्पूर्ण गतिविधि हिंसात्मक र आपराधिक रहेकाले दोषीहरूलाई कारबाहीको दायरामा ल्याउनु पर्ने उनले बताए ।
सरकार संसद् र सिंहदरबारमा मजबुत रहेता पनि जनता माझ कमजोर रहेको यादवको भनाइ छ । यादवले बिचौलिया, भ्रष्ट र कमिसनखोरको बिगबिगीकै कारण नेपाल सरकारप्रति जनता रुष्ट रहेको बताए ।
राजनीतिक दलहरूले बेलैमै सुधारतर्फ ध्यान दिन नसके देशको अवस्था झनै दयनीय बन्ने यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण