एनआरएनएहरू मिलेर अघि बढ्नुपर्छ : राजदूत तुम्बाहाङ्फे
काठमाडौँ । दक्षिण कोरियाका लागि नेपाली राजदूत शिवमाया तुम्बाहाङ्फेले एनआरएनएहरू मिलेर अघि बढ्नुपर्ने बताएकी छन् । अध्यक्ष विपिन कुमार गुरुङ नेतृत्वको एनआरएनए दक्षिण कोरियासँगको भेटमा उनले आफू एकताबद्ध एनआरएनए निर्माणमा सहयोग गर्न तयार रहेको बताइन् ।
उक्त भेटमा एनआरएनए दक्षिण कोरियाको हालको अवस्था, सर्वोच्च अदालतको परमादेश, परराष्ट्र मन्त्रालयको निर्देशन, उच्चस्तरीय समितिका कार्यहरू तथा अप्रिल ६ मा हुन गइरहेको एनआरएनए दक्षिण कोरियाको एकता महाधिवेशन सम्बन्धी छलफल भएको अध्यक्ष गुरुङले बताए ।
सो क्रममा तुम्बाहाङ्फेले एनआरएनए दक्षिण कोरिया एकता महाधिवेशनको सफलताको शुभकामना दिएको एनआरएनए दक्षिण कोरियाका युवा तथा विद्यार्थी संयोजक तथा प्रवक्ता अजय सोडारीले जानकारी दिए ।
राजदूतसँगको भेटका वरिष्ठ उपाध्यक्ष महेश बजगाईँ समेत सहभागी थिए । भेटघाटका क्रममा चैत २४ मा हुन गइरहेको एकता अधिवेशनमा सहभागी हुन आमन्त्रण पत्र पनि हस्तान्तरण गरिएको बताइएको छ ।
अध्यक्ष गुरुङ र वरिष्ठ उपाध्यक्ष बजगाईँले उच्चस्तरीय समितिको निर्णय, निर्देशन तथा सर्वोच्च अदालतको परमादेशको मूल मर्मअनुसार एकताको अधिवेशन गर्न लागिएको र त्यसमा सहभागिताका लागि अनुरोध गरेको सोडारीको भनाइ छ । सहभागिताबारे राजदूतले उपयुक्त निर्णय लिने बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण