‘कमेडी नाइट विथ च्याम्पियन्स’ मंगलबारबाट प्रशारणमा आउने
काठमाडौं । मंगलबारबाट प्रसारणमा आउने कमेडी शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ प्रिमियर गरिएको छ । सोमबार नयाँ बानेश्वरस्थित वान सिनेमाजमा पत्रकारलाई शोको प्रिमिएर गरिएको हो ।
प्रभात लामा, भरतमणि पौडेल, कैलाश कार्की, सन्तोष थापा, पवन भट्टराई, सजन श्रेष्ठ, सुमन कार्की, मेक्सम गौडेल र सुमन कोइरालाले शोमा हास्य प्रस्तुति दिनेछन् । भब्य सेट र संरचनासहित आउन लागेको शोलाई थ्री प्रोडक्सनले निर्माण गरेको हो ।
शोमा अध्यक्षको रुपमा दीपाश्री निरौला देखिँदैछिन् । उनले कार्यक्रम गर्दा आफूलाई ‘युुद्ध जितेजस्तो महसुस’ भएको बताइन् । हिमालय टिभीका कार्यकारी निर्देशक श्याम कँडेलले दर्शकलाई विविध विषयवस्तुमा गुणस्तरीय कार्यक्रम उपलब्ध गराउने टेलिभिजनको उदेश्यले शो बनेको बताए ।
शोको निर्देशक विशाल भण्डारी हुन् । दर्शकमाझ नयाँ सिजन ल्याएर आउन लाग्दा आफू एकदमै उत्साहित रहेको भण्डारीले बताए । शो हिमालय टिभीमा प्रसारण हरेक साताको मंगलबार राती ९ बजे र युट्युबमा ओएसआर रियालिटी च्यानलबाट प्रसारण हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण