समाचार
प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहरा रहेनन्
मङ्गलबार, १९ चैत २०८१, १३ : ०६
१
काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहोराका निधन भएको छ । लामो समयदेखि अस्वस्थ उनको राजधानीको ओम अस्पतालमा मंगलबार उपचारका क्रममा निधन भएको राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले पुष्टि गरे ।
रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी उनी पूर्वमन्त्री समेत हुन् । घाँटीको समस्याबाट पीडित उनले निर्वाचनमा एक पटक पनि चुनावी सभालाई सम्बोधन गरेका थिएनन् । जबकि उनको प्रतिस्पर्धी तत्कालीन बहालवाला गृहमन्त्री बालकृष्ण खाण रहेका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण