‘तीन दलबाट रास्वपा लोकतन्त्रको पक्षमा छैन भनेर प्रस्तुत गर्ने प्रयास भयो’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले आफ्नो पार्टीलाई लोकतन्त्रको पक्षमा नरहेको जसरी प्रस्तुत गर्ने प्रयास भइरहेको आरोप लगाएका छन् । मंगलबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै दुई तिहाइको सरकार र तीन दलको सिन्डिकेटले रास्वपालाई सर्वदलीय बैठकमा नबोलाएकोमा आपत्ति जनाएका हुन् ।
उनले भने, ‘रास्वपाले स्थापनाकालदेखि प्रस्तुत गरेको दस्ताबेजलाई बेवास्ता गरेर यो लोकतन्त्रको पक्षमा हो कि होइन भनेर जसरी रास्वपालाई प्रस्तुत गर्ने कोसिस गरिएको छ, त्यसको पार्टी सभापतिले हिजो नै भर्त्सना गरिसक्नुभएको छ ।’
१६४ दिनपछि सभापति रवि लामिछाने पार्टीमा फर्किएर आफ्नो जिम्मेवारी सम्हालेपछि बसेको केन्द्रीय समितिको बैठकले पार्टीको राष्ट्रिय भेलाले तय गरेका सबै कार्यक्रमहरू पूरा गर्न र महाधिवेशनलाई समयमा नै सम्पन्न गर्न विभिन्न कार्यक्रम तय गरिएको उनको भनाई छ । उनले २३ गतेबाट सुरु गर्ने भनेको जनयात्रा पार्टी जनताको माझमा जाने कार्यक्रम भएको पनि स्पष्ट पारे ।
‘जनतासँग संवाद नगरी आगामी दिनमा हामीले तय गर्ने रणनीति, हामीले तय गर्ने भनिएको शासकीय स्वरूप, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाउने हो कि राष्ट्रपति, संसद्मा कति जना राख्ने, प्रदेशको संरचनाबारे के गर्ने भनेर दस्ताबेज बनायौँ भने त्यो म्यान्डेट पुरा नहुन सक्छ,’ उनले भने ।
लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाउने कुरा धेरै भएको भन्दै अब यसलाई निस्तेज बनाउन प्रणालीमा सुधार गर्न जरुरी रहेको उनको भनाई छ । यसबारे जनताको कुरा बुझ्न जनताकोमा आफ्नो पार्टी जान लागेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण