टोखाबाट चोरी भएको मोटरसाइकल भक्तपुरमा फेला
काठमाडौँ । मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा ट्राफिक प्रहरीले एक जना पक्राउ गरेको छ । काभ्रेपलान्चोक महाभारत गाउँपालिका–१ घर भई हाल भक्तपुर ठिमी बस्ने दुर्गाबहादुर दर्लामी रहेका छन् ।
गत चैत १५ गते दिउँसो ३ बजे भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–५ राधेराधेस्थित सडक खण्डमा प्रदेश १–०२,०४५ प २६२४ नम्बरको २०० सीसीको कालो रंगको पल्सर एनएस मोटरसाइकलको चालक र मोटरसाइकल पछाडि बस्ने ब्यक्तीले शंकास्पद गतिविधि देखाई उक्त मोटरसाइकल छाडेर फरार भएका थिए ।
प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार तत्काल उक्त मोटरसाइकलको सम्बन्धमा बुझ्दा उक्त च्यासिस तथा इन्जिन नम्बर भएको एन एस मोटरसाइकलको वास्तविक नम्बर ग.प्र.०३,००१ प ०७२५ खुल्न आएको थियो । सो मोटरसाइकल चैत ७ गते जिल्ला काठमाडौँ टोखा नगरपालिका वडा नं.०७ धापासी भेटघाटचोक स्थित सडक खण्डबाट हराएको भनी खोजतलासको लागि निवेदन दिएको पनि पाइएको थियो ।
उक्त मोटरसाइकलको चालक तथा पछाडि सवार व्यक्ति खोजतलास गर्दै जाने मङ्गलवार दर्लामीलाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो । प्रारम्भिक अनुसन्धानको क्रममा सोधपुछ गर्दा उनले उक्त मोटरसाइकल चालक जिल्ला सिन्धुली हरीहरपुरगढी गाउँपालिका–१ दुवी घर भई हाल भक्तपुर नलिनचोक बस्ने शक्ति भन्ने साजन जिम्बाको भन्ने बयान दिएका छन् । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण