म्यानमारमा भूकम्पमा परेर मर्नेको संख्या २,८८६ पुग्यो
यङ्गुन । म्यानमारमा गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या २ हजार ८८६ पुगेको छ । यो जानकारी म्यानमारको सैन्य सरकारले बुधबार दिएको हो । भूकम्पमा घाइते हुनेको संख्या ४ हजार ६३९ रहेको छ भने ३७३ जना अझै बेपत्ता छन् ।
राहत र उद्धार कार्य अझै जारी छ । मार्च २८ मा म्यानमारमा ७ दशमलव ७ तीव्रताको भूकम्प गएको थियो । भूकम्पका कारण मृत्यु हुनेको संख्या अझ बढी हुनसक्ने अनुमान गरिएको छ । त्यहाँको सैन्य सरकारले यी तथ्याङ्कहरूलाई कम आकलन गरिरहेको विश्वास गरिएको छ ।
मार्च २८ मा म्यानमारमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको तीव्रता ७ दशमलव ७ थियो । भूकम्पको धक्का म्यानमारको छिमेकी देश थाइल्याण्डको राजधानी बैंककसम्म महसुस गरिएको थियो ।
थाइल्याण्डमा भूकम्पका कारण ६ जनाको मृत्यु भएको छ भने १०० जना कामदार बेपत्ता भएको बताइएको छ । पहिलो भूकम्प गएको १२ मिनेटपछि मात्र म्यानमारमा दोस्रो भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले बताएको थियो । यो भूकम्पको तीव्रता ६ दशमलव ४ थियो । यस भूकम्पको केन्द्रबिन्दु सागाइङबाट १८ किलोमिटर दक्षिणमा थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण