आरआर क्याम्पसमा स्ववियु निर्वाचनको माग गर्दै अदालतमा मुद्दा दायर
बुधबार, २० चैत २०८१, २० : ४३
काठमाडौँ । रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) मा स्ववियु निर्वाचनको माग गर्दै उच्च अदालत पाटनमा निवेदन दाय भएको छ ।
नेविसंघको तर्फबाट स्ववियु अध्यक्षमा उम्मेदवार बनेका विनोदराज जोशीले अदालतमा निवेदन दर्ता गराएका हुन् । उनले स्ववियु निर्वाचनका लागि परमादेश लगायतको आदेश जारी गरिदिन अनुरोध गरेका छन् । उनले त्रिभुवन विश्वविद्यालय र आरआर क्याम्पसलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।
विभिन्न बहानामा आरआर क्याम्पसको स्ववियु निर्वाचन अनिश्चित बनेको भन्दै निर्वाचनको सुनिश्चितताका लागि अनुरोध गरेका हुन् ।
सम्पूर्ण निर्वाचन प्रक्रिया सकिए पनि मतदान हुन नसक्नुले क्याम्पसका गतिविधिमा आरआरका विद्यार्थीको प्रतिनिधित्व गराउन पाउने अभिलाषा तुहिएको उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण