आरआर क्याम्पसमा स्ववियु निर्वाचनको माग गर्दै अदालतमा मुद्दा दायर
बुधबार, २० चैत २०८१, २० : ४३

काठमाडौँ । रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) मा स्ववियु निर्वाचनको माग गर्दै उच्च अदालत पाटनमा निवेदन दाय भएको छ ।
नेविसंघको तर्फबाट स्ववियु अध्यक्षमा उम्मेदवार बनेका विनोदराज जोशीले अदालतमा निवेदन दर्ता गराएका हुन् । उनले स्ववियु निर्वाचनका लागि परमादेश लगायतको आदेश जारी गरिदिन अनुरोध गरेका छन् । उनले त्रिभुवन विश्वविद्यालय र आरआर क्याम्पसलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।
विभिन्न बहानामा आरआर क्याम्पसको स्ववियु निर्वाचन अनिश्चित बनेको भन्दै निर्वाचनको सुनिश्चितताका लागि अनुरोध गरेका हुन् ।
सम्पूर्ण निर्वाचन प्रक्रिया सकिए पनि मतदान हुन नसक्नुले क्याम्पसका गतिविधिमा आरआरका विद्यार्थीको प्रतिनिधित्व गराउन पाउने अभिलाषा तुहिएको उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको विरोधकाबिच प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यसूचीबाट हट्यो
-
ठुल्ठुला योजनामा सरकार, दातृ निकाय भन्छन्, ‘साना कुरामा ध्यान देऊ’
-
अनेसास पोर्चुगलको अध्यक्षमा अन्जान
-
प्रतिनिधिसभाको बैठक || Live ||
-
गण्डकीको बजेट : सांसदलाई ५ लाखको रन्को, अर्थ सचिवको पालिकामा योजनाको लर्को
-
मेटमणिविरुद्ध बैङ्किङ कसुरको जाहेरी सनाखत गरिँदै