तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप सात जना पक्राउ
काठमाडौँ । प्रहरीले काठमाडौँको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा थप सात जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । यही चैत १५ गते शुक्रबार राजावादी समूहको तीनकुनेमा आयोजिक कार्यक्रममा हिंसात्मक प्रदर्शन, अराजक गतिविधि र तोडफोडको घटनामा संलग्न भएको आरोपमा थप सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
उनले भने, ‘उक्त घटनामा संलग्न रहेको अभियोगमा काठमाडौँका विभिन्न स्थानबाट थप सात जना पक्राउ परेका छन् । उनीहरूलाई आगजनी, तोडफोड गरी राज्य विरूद्धको कसुर र आपाराधिक उपद्रव लगायतका अपराधमा संलग्न अभियोथमा पक्राउ गरिएको हो ।’
पक्राउ पर्नेहरूमा रूपन्देही देबदह–९ का ४७ वर्षीय प्रेम थापामगर, झापा गौरादह–१ गौरादहका २१ वर्षीय समिर मगर, रामेछाप सुनापाति गाउँपालिका–१ का २२ वर्षीय सुरेश गौतम, खताप्लेजुङ फुलुङ–३ का २३ वर्षीय सुशील बराल, नुवाकोट बेलकोटगढी–७ का २७ वर्षीय रमेश राई, अछाम पञ्चदेवलका २० वर्षीय गोकर्ण शाही तथा सङखुवासभा पाचँखपन–२ घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा–९बस्ने ३९ वर्षीय मुकुन्द दहाल रहेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
पक्राउ परेकामध्ये एक जना ४७ वर्षीय प्रेम थापामगरलाई राज्य विरूद्धको कसुर र सङ्गठित अपराधसम्बन्धी कसुरअन्तर्गत तथा अन्य छ जनालाई अपराधिक उपद्रव कसुरअन्तर्गत पक्राउ गरिएको प्रवक्ता बोहराले बताए । तीनकुनेमा राजावादी समूहको प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण