अन्तरिक्षमा जाँदैछन् केटी पेरीसहित ६ महिलाको टोली
वासिङ्टन डीसी । अमेरिकी अर्बपति व्यापारी जेफ बेजोसको अन्तरिक्ष अन्वेषण कम्पनी ब्लू ओरिजिनको अल विमेन क्रू मिसन यतिबेला चर्चामा छ । यस मिसनमा लोकप्रिय हलिउड गायिका केटी पेरीसहित कयौँ हाई–प्रोफाइल महिलाहरू अन्तरिक्षमा जानेछन् ।
केटी पेरी बाहेक अन्तरिक्षमा जाने यो महिला क्रुमा पत्रकार गेल किङ, नासाका पूर्व रकेट वैज्ञानिक आयशा बोवे, बायोएस्ट्रोनोमी अनुसन्धान वैज्ञानिक तथा नागरिक अधिकार कार्यकर्ता अमान्डा न्गुयेन, फिल्म निर्माता करिन फ्लिन र पत्रकार तथा हेलिकप्टर पाइलट लरेन सान्चेज पनि छन् । लोरेज जेफ बेजोसकी हुनेवाला श्रीमती हुन् ।
ब्लू ओरिजिनका अनुसार अन्तरिक्ष यात्रामा जाने ब्लू ओरिजिनको यो ११ औँ मानवयुक्त अन्तरिक्ष उडान हुनेछ । १९६३ पछि पहिलो पटक अल विमेन क्रु अन्तरिक्षमा जाँदैछ । अप्रिल १४ मा अन्तरिक्ष यानको प्रक्षेपण हुनुभन्दा केही दिनअघि टेक्सासको भ्यान हर्नमा रहेको प्रक्षेपण स्थलमा अन्तिम प्रशिक्षण सत्रको लागि क्रुका सबै सदस्य भेला हुनेछन् ।
यो मिसनको नाम एनएस–३१ हो । यस मिसनको खास कुरा यही हो कि मिशनमा जाने न्यू शेपर्ड अन्तरिक्ष यानमा सबै महिला मात्रै हुनेछन् ।
‘मलाई आशा छ कि मेरो यो यात्राले मेरी छोरी र अन्य मानिसहरूलाई ताराहरूमा पुग्न प्रेरित गर्नेछ’ केटी पेरीले भनिन् । यो मिसनको नेतृत्व जेफ बेजोसकी मंगेतर तथा पूर्वसमाचार रिपोर्टर लरेन सान्चेजले गर्नेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण