अतिरिक्त भन्सार महसुलमा व्यवहार ठिक भएनः ट्रम्प

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति भारतमाथि २६ प्रतिशत पारस्परिक अर्थात् जस्तालाई त्यस्तै गर्दै अतिरिक्त भन्सार महसुल लगाउने घोषणा गरे । ‘भारत धेरै कठोर छ । मोदी मेरो असल साथी हुन्, तर उनले हामीसँग राम्रो व्यवहार गरिरहेका छैनन्,’ ट्रम्पले भने ।
ट्रम्पले भन्छन्, ‘भारतले अमेरिकामाथि ५२ प्रतिशतसम्मको अतिरिक्त भन्सार शुल्क लगाउँछ, त्यसैले अमेरिकाले भारतमा २६ प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउनेछ । हामी अन्य देशहरूले लिने शुल्कको लगभग आधा शुल्क लगाउनेछौँ । त्यसकारण शुल्कहरू पूर्ण रूपमा पारस्परिक हुनेछैनन् । म त्यो गर्न सक्छु, तर धेरै देशहरूको लागि यो गाह्रो हुनेछ । हामी यो गर्न चाहँदैनथ्यौँ ।’
भारत बाहेक अमेरिकाले चीनमाथि ३४ प्रतिशत, युरोपेली सङ्घमाथि २० प्रतिशत, दक्षिण कोरियामाथि २५ प्रतिशत पारस्परिक महसुल लगाएका छन् । त्यस्तैगरी, जापानमाथि २४ प्रतिशत, भियतनाममाथि ४६ प्रतिशत र ताइवानमा ३२ प्रतिशत भन्सार महसुलको घोषणा गरिएको छ । अमेरिकाले लगभग ६० देशहरूमाथि उनीहरूले लगाउँदै आएको करको तुलनामा आधा कर लगाउने निर्णय गरेको छ ।
यसबाहेक, अन्य देशहरूबाट अमेरिका आउने सबै सामानहरूमा १० प्रतिशत आधारभूत भन्सार महसुल पनि लगाइनेछ । आधारभूत भन्सार महसुल अप्रिल ५ मा लागू हुनेछ र पारस्परिक भन्सार महसुल अप्रिल ९ को मध्यरात १२ बजेपछि लागू हुनेछ । आधारभूत भन्सार महसुल व्यापारको सामान्य नियम अन्तर्गत आयातमा लगाइन्छ भने पारस्परिक भन्सार महसुल अर्को देशले लगाएको भन्सार महसुलको प्रतिक्रियामा लगाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : भारतको ‘किट’ विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेलादेखि गृह मन्त्रालयमा मनपरीसम्म
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
किट विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण : परिवार राति नै भारत जाँदै
-
रविन्द्र मिश्र लगायतका नेतालाई रिहाइ गर्न माग गर्दै रिले अनशन बस्ने
-
पोखरामा ‘लायन्स कप’ भलिबल : नेपाल पुलिस र इरानी टोली विजयी
-
उदयपुरमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते