प्रमुख प्रशासकीय अधिकृतले हाजिर गरेसँगै काठमाडौँ महानगरका कर्मचारीको समस्या समाधान हुने विश्वास
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ कार्यालय पुगेर हाजिर गरेका छन् ।
बिहीबार तनावकाबिच प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले महानगर पुगेर हाजिर गरेका हुन् । कार्यालय प्रवेशका क्रममा भने महानगर प्रहरीले अवरोध सिर्जना गरेको थियो ।
गुरागाईँलाई कार्यालय प्रवेशमा रोक लगाउने प्रयास भएपछि उपप्रमुख सुनिता डंगोल, विभिन्न वडाका वडाध्यक्षका साथै कर्मचारीहरूले कार्यकक्षमा पुराएका थिए । कार्यकक्ष पुग्दा ताला नखोले पछि ढोका फोडेर गुरागाईँलाई हाजिर गराएको थियो ।
हाजिर गरेपछि सबैलाई धन्यवाद दिँदै गुरागाईँ फर्किएका थिए । महानगरका प्रवक्ता नवीन मानन्धरले पुस ८ गतदेखि प्रमुख प्रशासकीयबिहीन भएको अवस्था बिहीबार आएर अन्त्य भएको बताए । ...
उनले प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले हाजिर गरेसँगै आगामी दिनमा सहज रूपमा सेवा प्रदान हुने र कर्मचारीका समस्या समेत समाधान हुने विश्वास व्यक्त गरे । काठमाडौँको भ्यु टावर निर्माणका विषयमा गुरागाईँलाई महानगरले निलम्बन गरेको थियो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई महानगरपालिकामै हाजिर गर्ने वातावरण बनाइदिन आग्रह गरेपछि उनी बिहीबार महानगर पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण