चैत ३० देखि धनगढीमा क्रिकेट प्रतियोगिता हुँदै
धनगढी । धनगढीको फाप्ला क्रिकेट मैदानमा चैत ३० देखि वैशाख ७ गतेसम्म टिम ११ संस्कार क्रिकेट लिग टी-२० सिनियर प्रतियोगिता आयोजना हुने भएको छ।
यो प्रतियोगितामा जम्मा १३ वटा टिमहरू सहभागी हुनेछन्। प्रतियोगिताको आयोजना कैलालीको गाेदावरी नगरपालिका–८ अन्तर्गत रहेको संस्कार विद्याश्रम मोन्टेश्वरी स्कुलले गरेको हो भने मुख्य प्रायोजक टिम ११ काठमाडौँबाट समर्थन प्राप्त भएको बताइएको छ।
पुरस्कार वितरणमा विजेतालाई १ लाख ११ हजार १ सय १ रुपैयाँ, उपविजेतालाई ५५ हजार ५ सय ५५ रुपैयाँ, सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार ५ सय ५५ रुपैयाँको पुरस्कार प्रदान गरिनेछ।
साथै, उत्कृष्ट बलर, ब्याटर, र राइजिङ प्लेयरलाई ३ हजार ५ सय ५५ रुपैयाँ र प्लेयर अफ द म्याचलाई १ हजार रुपैयाँ दिने व्यवस्था गरिएको छ।
प्रतियोगिताका संयोजक रामचन्द्र शाहीले प्रतियोगिता सफल बनाउन सबैलाई आग्रह गरे । शाहीले धनगढीमा विगत १० वर्षदेखि नियमित रूपमा क्रिकेट प्रतियोगिताहरू सञ्चालन गर्दै आएका छन्। ग्रासरुटबाट क्रिकेटको विकासमा उनी लागि परेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण