चैत ३० देखि धनगढीमा क्रिकेट प्रतियोगिता हुँदै

धनगढी । धनगढीको फाप्ला क्रिकेट मैदानमा चैत ३० देखि वैशाख ७ गतेसम्म टिम ११ संस्कार क्रिकेट लिग टी-२० सिनियर प्रतियोगिता आयोजना हुने भएको छ।
यो प्रतियोगितामा जम्मा १३ वटा टिमहरू सहभागी हुनेछन्। प्रतियोगिताको आयोजना कैलालीको गाेदावरी नगरपालिका–८ अन्तर्गत रहेको संस्कार विद्याश्रम मोन्टेश्वरी स्कुलले गरेको हो भने मुख्य प्रायोजक टिम ११ काठमाडौँबाट समर्थन प्राप्त भएको बताइएको छ।
पुरस्कार वितरणमा विजेतालाई १ लाख ११ हजार १ सय १ रुपैयाँ, उपविजेतालाई ५५ हजार ५ सय ५५ रुपैयाँ, सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार ५ सय ५५ रुपैयाँको पुरस्कार प्रदान गरिनेछ।
साथै, उत्कृष्ट बलर, ब्याटर, र राइजिङ प्लेयरलाई ३ हजार ५ सय ५५ रुपैयाँ र प्लेयर अफ द म्याचलाई १ हजार रुपैयाँ दिने व्यवस्था गरिएको छ।
प्रतियोगिताका संयोजक रामचन्द्र शाहीले प्रतियोगिता सफल बनाउन सबैलाई आग्रह गरे । शाहीले धनगढीमा विगत १० वर्षदेखि नियमित रूपमा क्रिकेट प्रतियोगिताहरू सञ्चालन गर्दै आएका छन्। ग्रासरुटबाट क्रिकेटको विकासमा उनी लागि परेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात कार्यालयले उठायो ९ महिनामा ४५ करोड राजस्व
-
सङ्क्रमणकालीन न्याय : सर्ट लिस्टप्रति पीडितहरूको आपत्ति, समानान्तर आयोग गठन गर्ने चेतावनी
-
'माउन्ट एभरेस्ट' नक्कली नाम हो : प्रधानमन्त्री
-
नागरिक उन्मुक्ति र जनमत पार्टीबिच केही दिन एकता नहुने
-
राष्ट्रिय जनसांस्कृतिक महासङ्घको अध्यक्षमा सुब्बा
-
जानकी मन्दिरमा जानकी जन्मोत्सवका औपचारिक कार्यक्रम सुरु