न्यायालय
चिकित्सा शिक्षा आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश
बिहीबार, २१ चैत २०८१, १७ : १४

काठमाडौँ । सर्वोच्च अदालतले स्नातकोत्तर तहमा निजी मेडिकल कलेजहरूको सिट घटाउने चिकित्सा शिक्षा आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
आयोगले निजी मेडिकल कलेजले सरकारी मेडिकल कलेजलाई मात्र समावेश गरी म्याचिङको सूचना प्रकाशित गरेको थियो । उक्त निर्णय कार्यान्वयन रोक्नका लागि अन्तरिम आदेश माग गर्दै डा. सुजल न्यौपानेसहित १४ चिकित्सकले सर्वोच्चमा रिट दिएका थिए ।
सो रिटमाथि बिहीबार न्यायाधीश सपना मल्लको इजलासले उक्त निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको हो । अन्तरिम आदेशका लागि दुवै पक्षलाई चैत २६ गते छलफलमा बोलाउने आदेश सर्वोच्चले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हानले दिए राजीनामा
-
विद्यालय कर्मचारीले छुट्टै आन्दोलन घोषणा गर्ने
-
१३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको कार्यक्रम प्रचण्डद्वारा उद्घाटन (तस्बिरहरू)
-
जसपा नेतृ सिंहले फायर गरेको पेस्तोल सर्लाहीबाट बरामद, परीक्षण गर्न काठमाडौँ पठाइँदै
-
आन्दोलित शिक्षक फर्किएपछि यस्तो देखियो बिजुली बजार क्षेत्र, तस्बिरहरू
-
शिक्षक र सरकारबिचको सहमतिबारे जानकारी दिन आयोजित कार्यक्रममा असन्तुष्ट कर्मचारीको होहल्ला