'के घर के डेरा : घर नं २'काे ३ पोस्टर सार्वजनिक, रिलिज मिति परिवर्तन

काठमाडौँ । दीपेन्द्र के खनाल निर्देशित 'के घर के डेरा : घर नं २'ले एकसाथ ३ पोस्टर सार्वजनिक गरेको छ । ३ पोस्टर रिलिज गर्दै फिल्मले रिलिज मिति समेत परिवर्तन गरेको जानकारी दियो ।
यसअघि जेठ ९ गते रिलिज हुने भनिएको फिल्म अब एक साता पहिले अर्थात जेठ २ मा रिलिज हुने भएको छ । सार्वजनिक गरिएका तीन पोस्टरमध्ये एकमा निश्चल बस्नेतलाई सोलो रुपमा प्रस्तुत गरिएको छ जहाँ निश्चललाई कतै पुग्न हतार भएझै गरी कुदिरहेको अवस्थामा देख्नसकिन्छ । यस पोस्टरमा उनको अनुहारले उनी तनावपूर्ण अवस्था रहेको देखाउँछ ।
यसैगरी दोस्रो पोस्टरमा अर्का अभिनेता खगेन्द्र लामिछाने तथा अभिनेत्री उपासना सिंह ठकुरीलाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ । पोस्टरमा झोला भिरेकी तथा हातमा केही सामान बोकेर हिँडिरहेकी उपासनालाई अभिनेता खगेन्द्रले साइकल डोराउँदै, मुस्कुराउँदै पछ्याइरहेको देख्न सकिन्छ ।
यसैगरी तेश्रो पोस्टरमा सिनेमाका अधिकांश मुख्य पात्रहरूलाई प्रस्तुत गरिएको छ । सार्वजनिक ३ मध्येको सबैभन्दा शक्तिशाली यो पोस्टरले फिल्मको नाम अनुसारको बिम्बमा आफूलाई प्रस्तुत गरेको छ । यस पोस्टरमा पात्रहरूलाई तीन तले घरको तल्लाका विभिन्न कोठाको झ्यालमा भएझैँ गरी डेरा जिन्दगीमा उनीहरूको मनोदशामा प्रस्तुत गरेको छ ।
जहाँ एकातर्फका कलाकार कोही गम्भीर भाव त कोही चिन्तित मुद्रामा छन् भने अर्को तर्फको भागमा खुसी मुद्रामा सिनेमाका पात्रहरूलाई देख्न सकिन्छ ।
यस पोस्टरमा अभिनेता आर्यन सिग्देल, खगेन्द्र लामिछाने तथा अभिनेत्री केकी अधिकारीलाई गम्भीर, चिन्ताग्रस्त र गम्भीर भावमा देख्न सकिन्छ भने अर्को तर्फ निश्चललाई खुसी अवस्थामा, अभिनेता प्रकाश घिमिरेलाई उपसनासँग खुसी मुडमा र सृजना नापितलाई खुसी भइरहेको देख्न सकिन्छ ।
सिनेमालाई ‘कर्नाली ब्लुज’, ‘एक्लो’, ‘फिरफिरे’ जस्ता उपन्यासका लेखक बुद्धि सागरले लेखेका हुन् । यो उनी लिखित पहिलो रिलिज हुनेछ ।
यसैगरी कृष्णबहादुर थापाको फिल्ममा छायाङ्कन रहेको सिनेमामा एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रियशनको प्रस्तुतिमा निर्माण भएको सिनेमा हो ।
नकिमउद्दिन, शरद श्रेष्ठ तथा किरण महर्जनको निर्माता रहेको सिनेमामा युवराज कार्की कार्यकारी निर्माताका रुपमा रहेका छन् ।
सिनेमामा आर्यन सिग्देल, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, सृजना नापित, संजोग रसाइली, रुविना घिमिरेलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘महाभोज’ को ‘लालुमै’ गीत सार्वजनिक
-
नेपाल विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार नियुक्त
-
कोशीका मुख्यमन्त्री कार्कीद्वारा एकीकृत समाजवादीलाई पार्टी एकताको प्रस्ताव !
-
शिक्षकहरूले गराए शिक्षामन्त्रीको गम्भीर ध्यानाकर्षण
-
महानिरीक्षक अर्यालद्वारा हिमाल आरोही जंंगमको सम्मान
-
जेठ २ गतेबाट मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने माओवादीको निर्णय