‘चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव’ रसुवामा, २ दर्जन बढी फिल्म प्रदर्शन हुने
काठमाडौँ । ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को चौथो संस्करण रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिकामा हुने भएको छ । आयोजक सेलिब्रेटी नेपालले रसुवा जिल्लाको सदरमुकाम धुन्चेमा पत्रकार सम्मेलन गर्दै वैशाख ४ देखि ६ गतेसम्म महोत्सव गर्न लागिएको जानकारी दिएको हो ।
प्रत्येक वर्ष फरक–फरक जिल्लाको ग्रामीण भेगमा आयोजना गर्ने महोत्सवमा ग्रामीण परिवेशमा बनेका नेपाली फिचर फिल्म, शर्ट फिल्म, डकुमेन्ट्री र कल्चर फिल्महरू प्रदर्शन गर्ने गरिन्छ । नेपाली सिनेमा पर्यटन र ग्रामीण कथालाई समेटेर विभिन्न संवाद कार्यक्रमहरू पनि गरिने महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले बताए ।
महोत्सवमा नेपाली चलचित्र प्रदर्शनसँगै स्थानीय पर्यटन प्रबर्द्वन र स्थानीय कला संस्कृतिको प्रचार प्रसार पनि गरिने सापकोटाले जानकारी दिए । महोत्सव संयोजकमा निर्देशक कमल एक्चै मगर हुन् । महोत्सवमा करिब २ दर्जन फिल्म देखाउने र फिल्मका सम्बन्धित व्यक्तिहरूसँग गाउँले दर्शकले अन्तरक्रिया पनि गर्नेछन् ।
रसुवा जिल्लामा फिल्म हलसमेत नभएकाले फिल्म हेर्न रूचि राख्ने दर्शकहरूलाई महोत्सवले पूर्ण मनोरञ्जन दिनुका साथै फिल्म क्षेत्रको प्रचार प्रसारमा समेत भूमिका खेल्ने आयोजकको विश्वास छ । महोत्सवमा करिब ४ हजार दर्शक उपस्थित गराउने लक्ष्य आयोजकको छ ।
महोत्सवमा चलचित्र विकास बोर्डले सहकार्य गरेको छ । गोसाईकुण्ड गाउँपालिका रसुवाले बार्षिक रुपमा आयोजना गर्दै आएको चौंथो पालिका कप भलिबल प्रतियोगिता पनि बैशाख २ गते देखि ६ गतेसम्म हुनेछ । रसुवा जिल्लाको पर्यटन प्रवर्धनमा यस्ता कार्यक्रमले विशेष महत्व राख्ने र जिल्लालाई देश तथा विदेशमासमेत चिनाउने आयोजकको विश्वास रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष ६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुन
-
थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा
-
सरकारी सूचनामा निजी मिडियामाथि विभेद भएको भन्दै पत्रकार महासङ्घको र्याली
-
कङ्गोमा घातक इबोलाको प्रकोप द्रुत गतिमा फैलिँदै
-
रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
-
अन्ततः ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण