विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसला उपर चित्त नबुझेको भन्दै विभिन्न दुई वटा मुद्दामा शुक्रबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
आयोगले स्वास्थ्य उपकरण खरिद मूल्याङ्कन समितिका संयोजक तथा स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहता विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सो मुद्दामा आयोगले रु दुई करोड ८९ लाख ६६ हजार ५० बराबरको बिगो दाबी गरेको थियो । उक्त मुद्दामा विशेषले गत असार ३१ गते फैसला गरेको थियो ।
त्यस्तै, आयोगले कटहरिया नगरपालिका रौतहटका नगरप्रमुख अजयप्रकाशसमेत विरुद्ध मुद्दा दायर गरेको थियो । जमुनिया बजारमा रहेको सामुदायिक भवनमा टायल्स फ्लोरिङको काममा फिल्डमा भए गरेको कार्यभन्दा बढी परिमाण देखाई भुक्तानी गरेको पाइएको थियो ।
आयोगले रु १२ लाख ५२ हजार ९४१ बराबरको बिगो दाबी गरेको थियो । विशेषले सो मुद्दामा गत असार ३१ गते फैसला गरेको थियो । उक्त मुद्दामा विशेषले गरेको फैसला कानुन सम्मत नभएको दाबी गर्दै शुक्रबार पुनरावेदन गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारतीय आक्रमणबारे राष्ट्रपति ट्रम्पको प्रतिक्रिया: यो दुःखद हो
-
भारतले पाकिस्तानमाथि आक्रमण गर्नुको कारण के हो ?
-
आज कुन देशको मुद्राको विनिमयदर कति ? (सूचीसहित)
-
पाकिस्तानले भन्यो- भारतीय आक्रमणबाट तीन स्थानहरू प्रभावित
-
मध्यरातमा भारतद्वारा पाकिस्तानमा 'एयर स्ट्राइक', ९ स्थानलाई लक्षित
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप