रवीन्द्र र धवललाई नि:सर्त रिहा गर्न पशुपतिको माग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति शमशेर राणाले वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री डा. धवल शमशेर राणा लगायत राष्ट्रवादीहरूलाई सरकारले तत्काल नि:सर्त रिहा गर्नु पर्ने माग गरेका छन् ।
पत्रकारसँगको एक भेटघाट कार्यक्रममा राणाले भने, ‘संवैधानिक राजसंस्था चाहियो, सनातन हिन्दु अधिराज्य चाहियो, संघीयता खारेजी होस्, भ्रष्टाचार र कुशासनको अन्त्य होस् भनी चैत्र १५ गते नेपाली जनताले गरेको शान्तिपूर्ण कार्यक्रममा सरकारले जनतामाथि गोली चलायो, बर्बरतापूर्वक दमन गर्यो । बिना कारण गैरकानुनी रूपमा जनतालाई पक्राउ गर्यो ।
‘यस सन्दर्भमा म वर्तमान सरकारलाई राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री तथा सांसद डा. धवल शमशेर राणा लगायत अन्य राष्ट्रवादी साथीहरूको नि:सर्त रिहाइको माग गर्दछु,’ राणाले भने ।
राणाले तीनकुने घटनामा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन नगर्ने सरकारको भूमिकामा आशंका व्यक्त गरे । उनले भने, ‘घटनाको सन्दर्भमा एक उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी दोषी उपर कडा कारबाही गर्न म जोडदार रूपमा आह्वान गर्दछु ।’
राणाले भने, ‘त्यति मात्र हैन, वास्तवमा यस किसिमको आयोग तत्काल गठन भई, त्यसको निष्कर्ष प्राप्त भएर कारबाही भइसक्नु पर्दथ्यो । यस प्रकारको ढिलासुस्तीमा पनि सरकार नै पूर्ण दोषी छ । सरकारको यो पाशविक दमन र बर्बरतापूर्ण कारबाहीको म घोर भर्त्सना गर्दछु । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर
-
तेस्रो सुपर ओभरमा नेदरल्यान्डसँग नेपाल पराजित
-
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की