एनएसएल हेर्न विश्वकप विजेता फुटबलर रोबर्टो कार्लोस नेपाल आउँदै
शनिबार, २३ चैत २०८१, १९ : ३८
काठमाडौँ । ब्राजिलियन फुटबलर तथा फिफा विश्वकप विजेता खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका छन् ।
अहिले चलिरहेको नेपाल सुपर लिग (एनएसएल) २०२५ खेल हेर्न उनी नेपाल आउन लागेका हुन् ।
एनएसएल आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेज्मेन्टले शनिबार फेसबुकमार्फत यसबारे जानकारी दिएको हो । फेसबुकमा राखिएको उक्त भिडियोमा कार्लोसले आफू नेपाल आउन लागेको उनले बोलेका छन् ।सन् १९९२ देखि २००६ सम्म ब्राजिलको टिममा रहेका कार्लोसले २००६ को विश्वकप जितेका थिए ।
उनी सन् १९९६ देखि २००७ सम्म रियल मड्रिडमा आबद्ध थिए । ब्राजिलबाट १२५ खेल खेलेका उनले जम्मा १० गोल गरेका छन् ।
यसअघि अर्का विश्वकप विजेता इटालीका पूर्वगोलकिपर बुफोन पनि नेपाल आइसकेका छन् । उनी केपी ओली कप हेर्न नेपाल आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण