शिक्षक महासंघसँग भएको सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गर्नुपर्छ : कोइराला
आइतबार, २४ चैत २०८१, १२ : ०१

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार र नेपाल शिक्षक महासंघबिच भएका सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने बताएका छन् ।
डा. कोइरालाले सामाजिक सञ्जाल फेसबुकमार्फत शिक्षक महासंघको नेतृत्वमा भइरहेको काठमाडौँ केन्द्रित आन्दोलनबारे लेख्दै सरकारलाई शिक्षकका समस्या अविलम्ब समाधान गरी शिक्षक कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न आग्रह गरेका छन् ।
डा. कोइरालाले लेखेका छन्, ‘सरकार र महासङ्घबिच भएका सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकका समस्या अविलम्ब समाधान गर्ने र शिक्षक कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्दछु।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै
-
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै
-
मेस्सीको गोलले इन्टर मियामीलाई पोर्टोमाथि जित
-
दुई भुक्तानी सेवा प्रदायकको अनुमति पत्र खारेज
-
तेल अवीवस्थित नर्वेको राजदूत निवासमा विस्फोट
-
इरान–इजरायल तनावबारे ट्रम्पलाई तीन दिनसम्म सुरक्षा जानकारी लिने