शिक्षक महासंघसँग भएको सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गर्नुपर्छ : कोइराला
आइतबार, २४ चैत २०८१, १२ : ०१
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार र नेपाल शिक्षक महासंघबिच भएका सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने बताएका छन् ।
डा. कोइरालाले सामाजिक सञ्जाल फेसबुकमार्फत शिक्षक महासंघको नेतृत्वमा भइरहेको काठमाडौँ केन्द्रित आन्दोलनबारे लेख्दै सरकारलाई शिक्षकका समस्या अविलम्ब समाधान गरी शिक्षक कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न आग्रह गरेका छन् ।
डा. कोइरालाले लेखेका छन्, ‘सरकार र महासङ्घबिच भएका सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकका समस्या अविलम्ब समाधान गर्ने र शिक्षक कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्दछु।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण