सीआईडी २ मा एसीपी प्रद्युमनको ‘मृत्यु’ मात्र टीआरपी स्टन्ट
मुम्बई । टेलिभिजनमा कम्ब्याक गरेको चर्चित शो ‘सीआईडी’ लाई हिट बनाउन निर्माताहरूले नयाँ रणनीति अपनाएका छन् । उनीहरूले शोमा एसीपी प्रद्युमनको ‘मृत्यु’ हुने कथाको योजना बनाएका हुन् ।
शिवाजी साटमले वर्षौँदेखि यो भूमिका निभाउँदै आएका छन् । उनी सीआईडी २ को पनि हिस्सा रहेका छन् । तर, अब उनको भूमिकामा नयाँ ‘ट्वीस्ट’ देखाउन लागिएको छ ।
भारतीय मिडिया दैनिक भास्करले स्रोतलाई उद्धृत गर्दै भनेको छ, ‘उनको मृत्यु केवल देखाउनका लागि मात्र हो । वास्तवमा उनको मृत्यु भएको हुँदैन । दुई हप्तापछि नै उनको पुनरागमन हुनेछ ।’
च्यानलसँग जोडिएका स्रोतले भने, ‘एसीपी प्रद्युमनको मृत्यु वास्तविक होइन । यो मात्र ‘सस्पेन्स’ निर्माण गर्ने तरिका हो ।’
सीआईडी २ लाई सुरुवातमा निकै राम्रो प्रतिक्रिया प्राप्त भएका थियो । ओटीटीमा केही दिन यो ट्रेन्डिङमा पनि रह्यो । तर, पछि शोले अपेक्षित प्रतिक्रिया पाउन छाड्यो । टीआरपीको आँकडामा पनि शो अन्यभन्दा पछि पर्न थाल्यो ।
त्यही भएर निर्माताहरूलाई कुनै ‘ठुलो झट्का’ नदिई शोलाई हिट बनाउन नसकिने लाग्यो । त्यसैले सबैभन्दा पुरानो र चर्चित पात्र ‘एसीपी प्रद्युम्न’ का लागि नयाँ ट्वीस्ट योजना गरिएको हो ।
सन् १९९८ देखि सुरु भएको सीआईडी सन् २०१८ सम्म लगातार टिभीमा चल्यो । शोले ‘कल्ट’ को स्थान हासिल गर्न सफल भयो जहाँ एसीपी प्रद्युमन, अभिजित र दयाजस्ता पात्र निकै चर्चित बने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण