तीन सातादेखि नागढुंगा सुरुङमार्गमा स्थानीयको अवरोध, निर्माण ठप्प
काठमाडौँ । तीन सातादेखि सुरु भएको नागढुंगा सुरुङमार्ग निर्माणमा स्थानीयको अवरोध हट्न सकेको छैन । खानेपानीलगायत विभिन्न माग गर्दै आएका स्थानीयको माग सरकारले पूरा गर्न नसक्दा अवरोध हट्न नसकेको हो ।
यही चैत ३ गतेदेखि स्थानीयले खानेपानी, चर्किएका घरहरूको क्षतिपूर्ति, खतीयोग्य जमिनमा सिँचाइको व्यवस्था गरिनुपर्नेलगायत विभिन्न माग गर्दै अवरोध सिर्जना गरेका छन् । स्थानीयले आफ्ना माग पूरा नगरेसम्म काम गर्न नदिने अडानसमेत राखेका छन् ।
सोही दिनदेखि निर्माण ठप्प भएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले बताए । साथै उनीहरूको प्रमुख माग पूरा गर्न खानेपानी मन्त्रालयमा फाइल पठाइएको उनले बताए ।
‘उहाँहरू पछि हट्नुभएको छैन । योजना समावेश गरिनुपर्छ भन्ने माग छ,’ उनले भने, ‘नयाँ योजना समावेश गर्न समय लाग्छ । हामीसँग कोअर्डिनेसन गर्न पनि आउनुभएको छैन । त्यसैले गर्दा अहिलेसम्म पनि अवरोध हटेको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण