‘जनै हराएको बाहुन’को काभ्रेबाट छायांकन सुरु
मङ्गलबार, २६ चैत २०८१, १९ : ३७

काठमाडौं । फिल्म ‘जनै हराएको बाहुन’को छायांकन सुरु भएको छ । काभ्रेको पनौतीबाट फिल्मले सोमबारबाट छायांकन सुरु गरेको हो । काभ्रेमा केही दिन छायांकनपछि फिल्म पाल्पा र काठमाडौंमा खिचिनेछ ।
मिरुना मगर, अभिनेता सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, विजय बराल, केकी अधिकारी लगायत कलाकारको अभिनय रहने फिल्मका निर्देशक हिमाल न्यौपाने रहेका छन् । गाउँदेखि सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित घटना र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथा फिल्मले भन्नेछ ।
भानुभक्त ढकालको लेखन, पेपरक्लिप प्रालिको निर्माण रहेको फिल्मका निर्माता विमल न्यौपाने हुन् । कमल न्यौपाने, नारायण तिम्सिना, चुरामणी शिवाकोटी, रुपेश लामा र आरके मानन्धर कार्यकारी निर्माता रहेको फिल्मको छायांकन सेड्युल ४० दिनको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन