‘जनै हराएको बाहुन’को काभ्रेबाट छायांकन सुरु
मङ्गलबार, २६ चैत २०८१, १९ : ३७
काठमाडौं । फिल्म ‘जनै हराएको बाहुन’को छायांकन सुरु भएको छ । काभ्रेको पनौतीबाट फिल्मले सोमबारबाट छायांकन सुरु गरेको हो । काभ्रेमा केही दिन छायांकनपछि फिल्म पाल्पा र काठमाडौंमा खिचिनेछ ।
मिरुना मगर, अभिनेता सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, विजय बराल, केकी अधिकारी लगायत कलाकारको अभिनय रहने फिल्मका निर्देशक हिमाल न्यौपाने रहेका छन् । गाउँदेखि सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित घटना र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथा फिल्मले भन्नेछ ।
भानुभक्त ढकालको लेखन, पेपरक्लिप प्रालिको निर्माण रहेको फिल्मका निर्माता विमल न्यौपाने हुन् । कमल न्यौपाने, नारायण तिम्सिना, चुरामणी शिवाकोटी, रुपेश लामा र आरके मानन्धर कार्यकारी निर्माता रहेको फिल्मको छायांकन सेड्युल ४० दिनको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण