बिहीबार, १८ वैशाख २०८२
ताजा लोकप्रिय

विश्वकप एसिया छनोटका लागि यु-१९ टोली घोषणा

मङ्गलबार, २६ चैत २०८१, २० : २२
मङ्गलबार, २६ चैत २०८१

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी आईसीसी यु-१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ।  १४ सदस्यीय टोलीको कप्तान नरेन भट्टलाई तोकिएको हो ।

अप्रिल १३ मा सुरु हुने प्रतियोगिता काठमाडौँको माथिल्लो र तल्लो मुलपानी मैदानमा आयोजना हुनेछ। नेपालले ओमान, अफगानिस्तान, युएई र हङकङसँग प्रतिस्पर्धा गर्नेछ, जसमध्ये एउटा मात्र टोलीले आईसीसी यू१९ पुरुष क्रिकेट विश्वकपमा स्थान हासिल गरेको छ।

यस्तो छ नेपाल यू–१९ टोली : नरेन भट्ट, अभिषेक तिवारी, निरज के यादव, साहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्शन सोनार, दिलसाद अली, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री र विपिन पी शर्मा ।

488416933_1167666048385389_8882636537994167183_n

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप