विश्वकप एसिया छनोटका लागि यु-१९ टोली घोषणा
मङ्गलबार, २६ चैत २०८१, २० : २२
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी आईसीसी यु-१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ। १४ सदस्यीय टोलीको कप्तान नरेन भट्टलाई तोकिएको हो ।
अप्रिल १३ मा सुरु हुने प्रतियोगिता काठमाडौँको माथिल्लो र तल्लो मुलपानी मैदानमा आयोजना हुनेछ। नेपालले ओमान, अफगानिस्तान, युएई र हङकङसँग प्रतिस्पर्धा गर्नेछ, जसमध्ये एउटा मात्र टोलीले आईसीसी यू१९ पुरुष क्रिकेट विश्वकपमा स्थान हासिल गरेको छ।
यस्तो छ नेपाल यू–१९ टोली : नरेन भट्ट, अभिषेक तिवारी, निरज के यादव, साहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्शन सोनार, दिलसाद अली, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री र विपिन पी शर्मा ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण