भारतको सीतामढीमा नेपाल-भारत सीमा सुरक्षासम्बन्धी संयुक्त बैठक सम्पन्न
सर्लाही । नेपाल-भारत सीमाको सुरक्षामा सघन सहकार्य गर्ने उद्देश्यले सर्लाही, महोत्तरी, रौतहट र भारतको सीतामढी जिल्लाका सुरक्षा तथा प्रशासनिक निकायबिच संयुक्त बैठक सम्पन्न भएको छ ।
सोमबार साँझ भारतको सीतामढीमा आयोजित उक्त बैठकमा दुवै देशका सम्बन्धित जिल्लाका उच्च अधिकारीहरूको उपस्थिति थियो ।
नेपालको तर्फबाट प्रमुख जिल्ला अधिकारीहरू, सहायक प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू र भन्सार कार्यालयका प्रतिनिधिहरू उपस्थित रहेको थियो । भारत तर्फबाट सीतामढीका मुख्य जिल्ला अधिकारीको नेतृत्वमा प्रहरी अधीक्षक, एसएसबी तथा भन्सार कार्यालयका पदाधिकारीहरू सहभागी भएका थिए ।
बैठकमा खुला सीमाका कारण बढ्न सक्ने आपराधिक गतिविधिहरू जस्तै लागुऔषध र मदिराको अवैध ओसारपसार, चोरी–तस्करी, अवैध मुद्रा कारोबार-नियन्त्रण गर्ने विषयमा छलफल गरिएको थियो ।
साथै, आपसी सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने र सीमाक्षेत्रमा शान्ति तथा सुरक्षालाई सुदृढ बनाउने उपायहरूमा सहमति जनाइएको थियो ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार, यस्ता संयुक्त समन्वय बैठकहरू समयसमयमा गर्दै आइएको छ, जसले नेपाल–भारतबीचको सीमा सुरक्षा सहकार्यलाई थप मजबुत बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण