बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय

च्याम्पियन्स लिग क्वार्टरफाइनल पहिलो लेगमा आर्सनल विजयी, रियाल मड्रिड ३-० ले स्तब्ध

बुधबार, २७ चैत २०८१, ०५ : २९
बुधबार, २७ चैत २०८१

काठमाडौं । च्याम्पियन्स लिग क्वार्टरफाइनल पहिलो लेगमा इंग्लिश क्लब आर्सनलले स्पेनको रियाल मड्रिडलाई हराएको छ । आर्सनलले आफ्नो होम टाउनमा रियाल मड्रिडलाई ३-० ले हराएको हो । 

पहिलो लेग आफ्नो पक्षमा पार्न आर्सनलका लागि डेक्लन राइले दुई गोल गरे भने मिकेल मरिनोले एक गोल गरे । राइसले असाधारण फ्रिकिकमा गोल गर्दै अचम्मित तुल्याए । 

मड्रिडका लागि कसैले पनि गोल प्रयत्नसम्म गर्न सकेनन् । आर्सनलले अब आउँदो हप्ता दोस्रो लेगका लागि स्पेनको यात्रा गर्ने छ । 

यस्तै, अर्को खेलमा इटालिको शीर्ष क्लब इन्टरले जर्मनीको बायर्न म्युनिखलाई २-१ ले हराउँदै नकआउट चरणमा अग्रता कायम गरेको छ । इन्टरलाई जिताउन लुटारो मार्टिनेज र डेभिड फ्रेटेसीले गोल गरे । बायर्नका थोमस मुलरले एक गोल फर्काए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप