नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत हुने एडीबीको प्रक्षेपण
काठमाडौँ । चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी) ले प्रक्षेपण गरेको छ। एडीबीले आज सार्वजनिक गरेको एसियन डेभलपमेन्ट आउटलुक २०२५ मा नेपालको आर्थिक वृद्धिदर गत वर्षभन्दा केही बढ्ने देखिएको हो। गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत थियो। नेपालको अर्थतन्त्रमा सुधार हुँदै जाँदा आर्थिक क्षेत्रमा सुधार हुने उल्लेख गरेको हो ।
गत आर्थिक वर्ष नेपालमा जलविद्युत् उत्पादनमा वृद्धि, गहुँ उत्पादन र सेवा क्षेत्रमा आएको उत्साहले अर्थतन्त्रमा सुधार हुँदै गएको एडीबीले जनाएको छ। मुद्रास्फीति गत वर्षको तुलनामा वृद्धिदर कम हुने प्रक्षेपण गरेको छ। गत आर्थिक वर्षमा ५.४ प्रतिशतमा रहेकोमा २०२५ मा ५.२ प्रतिशत रहेको छ। आगामी आर्थिक वर्ष भने ५.१ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण एडीबीको छ।
एडीबीका अनुसार चालू आर्थिक वर्षमा नेपालको उत्पादनमूलक क्षेत्रको वृद्धि बढ्ने प्रक्षेपण गरिएको छ। चालू आर्थिक वर्षको पहिलो ६ महिनामा निर्माण क्षेत्रमा ७।७ प्रतिशत कर्जा विस्तार भएको छ। उत्पादनमूलक उद्योगमा कर्जा जाने सम्भावना पनि उच्च छ ।
पर्यटक आगमनमा भएको वृद्धिका कारण सेवा क्षेत्रको वृद्धि पनि सकारात्मक हुने एडीबीले जनाएको छ। नेपालले केही समय औद्योगिक, व्यावसायिक वातावरण बनाउन भन्दै गरेको ऐन–कानुनमा गरेको फेरबदलले पनि लगानी बढ्ने तथा सेवा क्षेत्रको वृद्धिमा योगदान गर्ने आकलन रहेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आयातमा थप कर लगाएर कार्यान्वयनमा लैजाने घोषणाले एसिया प्यासिफिक क्षेत्रको आर्थिक वृद्धिको प्रक्षेपण घटेर ४.९ प्रतिशतमा झर्ने अनुमान गरिएको छ । एडीबीले अमेरिकी नीतिले चीनको आर्थिक वृद्धिमा सबैभन्दा ठुलो प्रभाव पर्ने सम्भावना औँल्याएको छ। एडीबीले दक्षिण एसियाको आर्थिक वृद्धि ६ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ। गत वर्ष यस्तो वृद्धि ५.८ प्रतिशत थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ : पूर्वप्रधानमन्त्री भट्टराई
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण