मोटरसाइकल ठोक्किएर सिराहामा दुई जनाको मृत्यु

सिराहा । सिराहामा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । बुधवार बिहान सिराहाको धनगढीमाई नगरपालिका–७ स्थित कसाहा खण्डमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।
घटनामा एक जना गम्भीर घाइते भएको सिराहा प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका सुखीपुर नगरपालिका–८ का ३० वर्षीय जयकुमार गिरी र कल्याणपुर नगरपालिका–१२ का २८ वर्षीय सन्तोषकुमार यादवको उपचारको क्रममा मृत्यु भएको सिराहा प्रहरी प्रवक्ता वीरेन्द्र पासवानले बताए ।
उनका अनुसार गोल बजारबाट पसाहातर्फ आइरहेको बा ४४ प १५६१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको स ५ प ७७४० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।
दुई वटै मोटरसाइकलका चालकको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । मोटरसाइकलमा पछाडि बसेका सिराहा नगरपालिका–१२ का २४ वर्षीय सिकेन्द्र यादव भने गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार उनको टाउको, हात र खुट्टामा चोट लागेको छ । घाइते यादवको धनगढीमाई नगरपालिकाको मुसहर्नियास्थित आरके मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा जिप दुर्घटना अपडेट : थप एक जनाको मृत्यु
-
‘थारू’लाई छुट्टै पहिचान दिन सर्वोच्चको अस्वीकार, देखायो यस्ता कारण
-
पर्यटन क्षेत्रमा आन्तरिक तथा बाह्य लगानी भित्र्याउन हरेक स्थानीय तहले पहल गर्नुपर्छ : अध्यक्ष ढकाल
-
गाउँगाउँमा राष्ट्रिय परिचयपत्र शिविर
-
गोरखानाथ मन्दिरमा सवा लाख रोट महोत्सव सुरू
-
निजी क्षेत्रका समस्या सम्बोधन गर्न निरन्तर सुधारका काममा भइरहेका छन् : अर्थमन्त्री पौडेल