बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित
नवलपरासी । नवलपुरको पहाडी गाउँपालिका बौदीकाली–५, ववकमा बल्ल बिजुली पुगेको छ । तारसहित खम्बा गाडेको लामो समयपछि गाउँमा बिजुली पुगेको हो ।
पहिलोपटक बिजुली पुग्दा यहाँका बासिन्दा खुसी भएका छन् । लामो समय अन्धकारमा बस्दै आएकामा अब भने गाउँ नै उज्यालो हुने बौदीकाली–५, ववकका गेषबहादुर रानाले बताए ।
बौदीकाली–५, ववकअन्तर्गत यहाँका अर्खलाथर, चितौरेथर, लुङ्गेलीथर, बोझाजी, हर्वले, बेसारडाँडाका करिब दुई सय परिवार विद्युत्बाट लाभान्वित हुनेछन् ।
विद्युत् नपुग्दा टुकीको भरमा बस्नुपर्ने बाध्यता थियो । बिजुली पुगेसँगै विकासका अन्य सम्भावनाका ढोका खुल्ने अपेक्षा गरिएको उनले बताए ।
अहिले विद्युत् मिटर जडानका लागि आवेदन दिएका घरमा मिटर जडानको काम भइरहेको छ ।
उज्यालो बौदीकाली कार्यक्रमअन्तर्गत ववकमा बिजुली बालिएको बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताए ।
पालिकाले उज्यालो बौदीकाली कार्यक्रममार्फत सर्भिस केवलमा लागत साझेदारी र मिटर बक्समा शतप्रतिशत अनुदान उपलब्ध गराएको उहाँले बताए ।
“अहिलेको समयमा समेत अन्धकारमा बस्नुपर्ने बाध्यता थियो, त्यही भएर विद्युतीकरणका लागि बजेट विनियोजन गर्यौँ । अहिले ववकमा बिजुली बाल्न सफल भएका छौँ”, गाउँपालिका अध्यक्ष ओझाले भने ।
गाउँपालिका भित्रका चार वडामा विद्युत् नपुगेको अवस्थामा वडा नम्बर ३ र ४ मा यसअघि विद्युतीकरण गरिएको अध्यक्ष ओझाले बताए ।
अहिले वडा नम्बर –५, ववकमा विद्युतीकरण भएको र वडा नम्बर–६, नरममा समेत छिट्टै विद्युत् पुर्याइने उनले बताए ।
बुलिङटारको बोझा पोखरीमा विद्युत् शवस्टेसन निर्माण भएपछि जिल्लाको पहाडी क्षेत्रमा विद्युतीकरणमा सहज भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण