बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय

फिफ्टिन्स रग्वी च्याम्पियनसिप : उद्घाटन खेलमा गोर्खाली रग्बी क्लब विजयी

बुधबार, २७ चैत २०८१, १७ : ०६
बुधबार, २७ चैत २०८१

काठमाडौँ । नेपाल रग्बी संघको आयोजनामा ‘फिफ्टिन्स रग्वी च्याम्पियनसिप’ बुधबारदेखि सुरु भएको छ ।

प्रतियोगिता वैशाख २ गतेसम्म चल्नेछ । ललितपुरस्थित च्यासल रंगशालामा खेलाइएको प्रतियोगिताको उद्घाटन खेलमा गोर्खाली रुग्बी क्लबले एपीएफ क्लबलाई हरायो ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, गोर्खाली रग्वी क्लब, नेपाल पुलिस क्लब र एपीएफ क्लबको सहभागिता रहेको छ । 

प्रतियोगिताका खेलहरु लिगका आधारमा खेलाइने छ । अघिल्लो संस्करणदेखि यो प्रतियोगिताको ट्रफीलाई रनिङ ट्रफीको रुपमा सञ्चालन गरिएको हो । 

अघिल्लो संस्करणको उपाधि गोर्खाली रग्वी क्लबले जितेको थियो । प्रतियोगितामा पहिलो हुने टोलीले दुई लाख २२ हजार दुई सय २२ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । 

उपविजेता टोलीलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई पनि १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा सहभागी खेलाडीहरुका लागि तीन लाख रुपैयाँ बराबरको विमा पनि गरिएको संघले जनाएको छ । 

पहिलो दिनको दोस्रो खेल त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबिच हुनेछ ।

२०८२ साल वैशाख २० देखि २२ गतेसम्म नेपालमै आयोजना हुने नेपाल–बंगलादेश अन्तर्राष्ट्रिय रग्वी सिरिजका लागि पनि यही प्रतियोगितामार्फत नेपाली टोलीको छनोट गरिने संघले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप