फिफ्टिन्स रग्वी च्याम्पियनसिप : उद्घाटन खेलमा गोर्खाली रग्बी क्लब विजयी
काठमाडौँ । नेपाल रग्बी संघको आयोजनामा ‘फिफ्टिन्स रग्वी च्याम्पियनसिप’ बुधबारदेखि सुरु भएको छ ।
प्रतियोगिता वैशाख २ गतेसम्म चल्नेछ । ललितपुरस्थित च्यासल रंगशालामा खेलाइएको प्रतियोगिताको उद्घाटन खेलमा गोर्खाली रुग्बी क्लबले एपीएफ क्लबलाई हरायो ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, गोर्खाली रग्वी क्लब, नेपाल पुलिस क्लब र एपीएफ क्लबको सहभागिता रहेको छ ।
प्रतियोगिताका खेलहरु लिगका आधारमा खेलाइने छ । अघिल्लो संस्करणदेखि यो प्रतियोगिताको ट्रफीलाई रनिङ ट्रफीको रुपमा सञ्चालन गरिएको हो ।
अघिल्लो संस्करणको उपाधि गोर्खाली रग्वी क्लबले जितेको थियो । प्रतियोगितामा पहिलो हुने टोलीले दुई लाख २२ हजार दुई सय २२ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।
उपविजेता टोलीलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई पनि १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा सहभागी खेलाडीहरुका लागि तीन लाख रुपैयाँ बराबरको विमा पनि गरिएको संघले जनाएको छ ।
पहिलो दिनको दोस्रो खेल त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबिच हुनेछ ।
२०८२ साल वैशाख २० देखि २२ गतेसम्म नेपालमै आयोजना हुने नेपाल–बंगलादेश अन्तर्राष्ट्रिय रग्वी सिरिजका लागि पनि यही प्रतियोगितामार्फत नेपाली टोलीको छनोट गरिने संघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण