दुई हजार मत गन्न बाँकी रहँदै बारमा मिश्र प्यानलको जित सुनिश्चित
काठमाडौँ । नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिमा प्राडा विजयप्रसाद मिश्रको प्यानल आउने सुनिश्चित भएको छ । दुई हजार ११९ मत गन्न बाँकी रहँदा मिश्र प्रतिद्वन्द्वी रमनकुमार श्रेष्ठभन्दा दुई हजार ४२९ मतले अगाडि छन् ।
निर्वाचन समितिका निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ताराबहादुर सिटौलाका अनुसार मिश्रले ४ हजार ७२ मत ल्याउँदा उनका प्रतिस्पर्धी श्रेष्ठले एक हजार ८४३ मत पाएका छन् ।
महासचिव पदमा पनि मिश्र प्यानलका वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाको जित निश्चित देखिएको छ। यस्तै, कोषाध्यक्षमा मिश्र प्यानलकै अधिवक्ता जगतबहादुर कार्की विजयी बन्ने छन्।
गणना जारी रहे पनि मिश्र प्यानलका सबै २५ उम्मेदवारले निर्णायक अग्रता बनाइसकेकाले सम्पूर्ण प्यानलको जित सुनिश्चित भइसकेको छ । अन्तिम गणना सम्पन्न भएपछि निर्वाचन समितिले आधिकारिक परिणाम सार्वजनिक गर्नेछ ।
निर्वाचन समितिका अनुसार शनिबार सम्पन्न निर्वाचनमा ७ हजार ९९५ मत खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण