च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार जित, राफिन्हाले मेस्सीको रेकर्ड तोडे
बिहीबार, २८ चैत २०८१, ०४ : २८
काठमाडौं । स्पेनको शीर्ष क्लब बार्सिलोनाले च्याम्पियन्स लिग क्वार्टरफाइनल पहिलो लेगमा शानदार जित निकालेको छ । घरेलु मैदानमा बार्सिलोनाले जर्मनीको बोरुसिया डर्टमण्डलाई ४–० ले हरायो ।
बार्सिलोनालाई जिताउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्दा राफिन्हा र यामलले एक–एक गोल गरे । राफिन्हाले च्याम्पियन्स लिग अभियानमा लियोनल मेस्सीसँग रेकर्ड बराबरी समेत गरेका छन् ।
ब्रजिलियन अग्रपंक्ति राफिन्हाले एकै सिजन १९ गोल तथा दुई असिस्ट गरेको रेकर्ड बनाएका छन् । जुन सन् २०११-०१२ मा मेस्सीले हासिल गरेका थिए । च्याम्पियन्स लिगको सेमीफाइनल प्रवेशका लागि आउँदो मंगलबार बार्सिलोनाले डर्टमण्डको घरेलु मैदानमा दोस्रो लेग खेल्ने तय भएको छ ।
डर्टमण्ड अघिल्लो सिजन बार्सिलोनाको कट्टर प्रतिस्पर्धी रियाल मड्रिडलाई टक्कर दिँदै उपविजेता बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण