काठमाडौँबाट रामेछाप जाँदै गरेको यात्रुवाहक बस रोशीमा दुर्घटना
बिहीबार, २८ चैत २०८१, १० : ३८
काठमाडौँ । काठमाडौँबाट रामेछाप जाँदै गरेको बस काभ्रेको रोशी गाउँपालिका स्थित दाउन्नेमा दुर्घटना भएको छ । प्रदेश–३–०१ –००६–१३३९ नम्बरको यात्रुवाहक बस सडकबाट बाँसको झाङमा पल्टिएको इलाका प्रहरी कार्यालय मंगलटारका इन्स्पेक्टर कृष्ण गिरीले रातोपाटीलाई बताए ।
बस काठमाडौँबाट रामेछापको बाम्तीभण्डार जाँदै थियो । रोशी गाउँपालिका –९ स्थित दाउन्नेमा बस दुर्घटनामा हुँदा ११ जना घाइते भएका छन् । घाइतेहरू मध्ये ८ जनालाई उद्धार गरेर भकुन्डेवेशी स्थित मेथिनकोट प्रादेशीक अस्पतालमा पठाइएको इन्स्पेक्टर गिरीले जानकारी दिए ।
सामान्य घाइतेहरूको मंगलटार स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुँदै छ । यात्रुवाहक बस ब्रेक फेल भएर विपरीत दिशातिरबाट आएको हाइससँग ठोक्किएपछि चिप्लिएको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण