काठमाडौँबाट रामेछाप जाँदै गरेको यात्रुवाहक बस रोशीमा दुर्घटना
बिहीबार, २८ चैत २०८१, १० : ३८

काठमाडौँ । काठमाडौँबाट रामेछाप जाँदै गरेको बस काभ्रेको रोशी गाउँपालिका स्थित दाउन्नेमा दुर्घटना भएको छ । प्रदेश–३–०१ –००६–१३३९ नम्बरको यात्रुवाहक बस सडकबाट बाँसको झाङमा पल्टिएको इलाका प्रहरी कार्यालय मंगलटारका इन्स्पेक्टर कृष्ण गिरीले रातोपाटीलाई बताए ।
बस काठमाडौँबाट रामेछापको बाम्तीभण्डार जाँदै थियो । रोशी गाउँपालिका –९ स्थित दाउन्नेमा बस दुर्घटनामा हुँदा ११ जना घाइते भएका छन् । घाइतेहरू मध्ये ८ जनालाई उद्धार गरेर भकुन्डेवेशी स्थित मेथिनकोट प्रादेशीक अस्पतालमा पठाइएको इन्स्पेक्टर गिरीले जानकारी दिए ।
सामान्य घाइतेहरूको मंगलटार स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुँदै छ । यात्रुवाहक बस ब्रेक फेल भएर विपरीत दिशातिरबाट आएको हाइससँग ठोक्किएपछि चिप्लिएको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला
-
अमेरिकी सांसद बर्नी स्यान्डर्सको आरोपः ‘यो युद्ध नेतन्याहूले सुरु गरेका हुन्’
-
इरान र इजरायलका नागरिकलाई फोनमा नक्कली आपत्कालीन सन्देशहरू प्राप्त
-
‘वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा