थाइल्याण्डबाट ल्याएको ५ केजी गाँजा विमानस्थलबाट बरामद, ३ जना पक्राउ
काठमाडौँ । थाइल्याण्डबाट लागुऔषध कारोबारीले पठाएको गाँजा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको छ ।
चैत २६ मा थाई एयरलाइन्सको उडानमार्फत काठमाडौँ ओर्लिएकी २७ वर्षीया थाई नागरिक कनोक्वान पोङ्गसुवानलाई विमानस्थलको एक्स-रे एरियाबाट पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसपी नारायण अधिकारीले रातोपाटीलाई बताए । उनको साथबाट ब्यूरोको टोलीले ५ केजी २ सय ग्राम गाँजा बरामद गरेको छ ।
थाइल्याण्डबाट पठाएको गाँजा नेपालमा रिसिभ गर्ने र भारत लैजाने भूमिकामा रहेका थाइल्याण्ड घर भएर काठमाडौँमा बस्ने २४ वर्षीया चोनलादा निनचा तुरत र भारत घर भएका ३१ वर्षीय जम्साद मालिक कुप्पाटिललाई पनि प्रहरीले पक्राउ गरेको छ । भारतीय नागरिक थाइल्याण्डबाट ल्याएको गाँजा भारततर्फ लैजाने भूमिकामा थिए । सो समूहले नेपाल र भारतको बाटो प्रयोग गेरी खाडी मुलुकमा पनि गाँजाको कारोबार गर्ने गरेको प्रहरी अनुसन्धानको निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण