पानीजहाज विधेयकमाथि विधायन व्यवस्थापन समितिमा दफावार छलफल
काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा छलफल भइरहेको पानीजहाज विधेयकमा बिहीबार समेत दफावार छलफल भएको छ । राष्ट्रिय सभाबाट आएको विधेयकमाथि समितिले दफावार छलफल गरिरहेको हो ।
बिहीबारको बैठकमा सांसदहरूले पानी जहाज सञ्चालन गर्नुअघि पानीजहाजको सर्भे गर्नुपर्ने, आधिकारिक संस्थाले सर्भे गर्नुपर्ने लगायतका संशोधन राखे । विधेयकको परिच्छेद ५ सम्म छलफल भई पारित भइसकेको छ ।
पानीजहाज सञ्चालन सम्बन्धी व्यवस्था, पानीजहाज निर्माणसम्बन्धी व्यवस्था,जलमार्गको रुट निर्धारण र प्रयोग सम्बन्धी व्यवस्था र पानीजहाजको स्वामित्वका सम्बन्धमा सांसदहरूबिच सहमति जुटिसकेको समिति सभापति तुलसाकुमारी दाहालले बताइन् ।
उनले कुनै पनि मुलुकबाट समुन्द्रसम्म यात्रु ओसारपसार गर्ने, ढुवानी गर्ने, समुन्द्रमा माछा मार्ने वा समुन्द्रमा पारवहन वा आर्थिक उपार्जनको लागि क्रियाकलाप गर्ने विषय विधेयकको परिभाषाभित्र अटाइएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण