पानीजहाज विधेयकमाथि विधायन व्यवस्थापन समितिमा दफावार छलफल

काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा छलफल भइरहेको पानीजहाज विधेयकमा बिहीबार समेत दफावार छलफल भएको छ । राष्ट्रिय सभाबाट आएको विधेयकमाथि समितिले दफावार छलफल गरिरहेको हो ।
बिहीबारको बैठकमा सांसदहरूले पानी जहाज सञ्चालन गर्नुअघि पानीजहाजको सर्भे गर्नुपर्ने, आधिकारिक संस्थाले सर्भे गर्नुपर्ने लगायतका संशोधन राखे । विधेयकको परिच्छेद ५ सम्म छलफल भई पारित भइसकेको छ ।
पानीजहाज सञ्चालन सम्बन्धी व्यवस्था, पानीजहाज निर्माणसम्बन्धी व्यवस्था,जलमार्गको रुट निर्धारण र प्रयोग सम्बन्धी व्यवस्था र पानीजहाजको स्वामित्वका सम्बन्धमा सांसदहरूबिच सहमति जुटिसकेको समिति सभापति तुलसाकुमारी दाहालले बताइन् ।
उनले कुनै पनि मुलुकबाट समुन्द्रसम्म यात्रु ओसारपसार गर्ने, ढुवानी गर्ने, समुन्द्रमा माछा मार्ने वा समुन्द्रमा पारवहन वा आर्थिक उपार्जनको लागि क्रियाकलाप गर्ने विषय विधेयकको परिभाषाभित्र अटाइएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साढे चार घण्टापछि बाटो खुल्दा काठमाडौँ भित्रिने र बाहिरिने गाडीहरूको लर्को (तस्बिरहरु)
-
यार्सा सङ्कलन गर्ने समूहबिच डोल्पामा झडप, २ राउन्ड हवाई फायर
-
कमल राणा : विशेष विवाह विधेयक प्रस्तुत गरिन्, जनमत नआउँदै संसद् भंग हुँदा दुखी भइन्
-
हामी समाजवादी क्रान्तिको आधार तयार पार्ने प्रक्रियामा छौँ : प्रचण्ड
-
‘खलिल जिब्रानको द प्रोफेट मेरा निम्ति किताब मात्र होइन, मन्त्र पनि हो’
-
सहकारी अपचलनमा संलग्नलाई छुट दिइँदैन : मुख्यमन्त्री कार्की