सरकार र शिक्षकहरूबिचको छलफल सकियो
बिहीबार, २८ चैत २०८१, १९ : ४१

काठमाडौं । सिंहदरबारमा सरकार र शिक्षकहरूबिच भएको छलफल सकिएको छ ।
शिक्षामन्त्री विद्या भट्टराईको उपस्थितिमा आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारका प्रतिनिधिबिच छलफल बिहीबार छलफल भएको थियो ।
नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाले आफुहरुले माग राखेको बताए । छलफलमा आज कोही पनि शिक्षक नबोल्ने सहमति भएको थियो । सोही आधारमा मन्त्री तथा आन्दोलनरत शिक्षकहरूले छलफलमा के भएको थियो भन्ने विषयमा कोही पनि बोल्न चाहेनन् ।शिक्षा ऐन माग्दै शिक्षकहरू नौ दिनदेखि काठमाडौँको माइतीघरमा आन्दोलन गर्दै आएका छन् ।
नेपाल शिक्षक महासंघले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई ध्यानाकर्षणपत्र बुझाएको थियो । यसअघि सरकारले शिक्षकहरूलाई पटक-पटक वार्तामा बोलाउँदा पनि वार्तामा गएका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?