सरकार र शिक्षकहरूबिचको छलफल सकियो
बिहीबार, २८ चैत २०८१, १९ : ४१
काठमाडौं । सिंहदरबारमा सरकार र शिक्षकहरूबिच भएको छलफल सकिएको छ ।
शिक्षामन्त्री विद्या भट्टराईको उपस्थितिमा आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारका प्रतिनिधिबिच छलफल बिहीबार छलफल भएको थियो ।
नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाले आफुहरुले माग राखेको बताए । छलफलमा आज कोही पनि शिक्षक नबोल्ने सहमति भएको थियो । सोही आधारमा मन्त्री तथा आन्दोलनरत शिक्षकहरूले छलफलमा के भएको थियो भन्ने विषयमा कोही पनि बोल्न चाहेनन् ।शिक्षा ऐन माग्दै शिक्षकहरू नौ दिनदेखि काठमाडौँको माइतीघरमा आन्दोलन गर्दै आएका छन् ।
नेपाल शिक्षक महासंघले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई ध्यानाकर्षणपत्र बुझाएको थियो । यसअघि सरकारले शिक्षकहरूलाई पटक-पटक वार्तामा बोलाउँदा पनि वार्तामा गएका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण