इस्लामाबाद र लाहोरबिच उद्घाटन खेल, डेभिड वार्नरदेखि केन विलियम्सनसम्म विदेशी खेलाडी
काठमाडौँ । फ्रेन्चाइज क्रिकेट प्रतियोगिता पाकिस्तान सुपर लिग (पीएसएल) को १०औँ संस्करण शुक्रबारदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेल इस्लामाबाद युनाइटेड र लाहोर क्वालन्डर्सबिच रावलपिण्डीमा खेलिने छ । खेल नेपाली समय अनुसार, राति २१ः१५ बजे सुरु हनेछ ।
प्रतियोगिताको १०औँ संस्करणमा ६ वटा टोलीको सहभागिता रहेको छ । इस्लामाबाद युनाइटेड र लाहोर क्वालन्डर्सका अतिरिक्त प्रतियोगितामा कराँची किङ्स, मुल्तान सुल्तान, पेशावर जाल्मी र क्वेटा ग्लाडिएटर्सको पनि सहभागिता रहेको छ ।
प्रतियोगिताका क्रममा कुल ३४ खेल खेलिने छ । फाइनल खेल मे १८ तारिखमा हुनेछ । प्रतियोगिताका खेलहरु लाहोरको गद्दाफी स्टेडियम, मुल्तानको मुल्तान क्रिकेट स्टेडियम, कराँचीको नेशनल स्टेडियम र रावलपिण्डीको रावलपिण्डी क्रिकेट स्टेडियममा खेलाइने छ ।
इस्लामाबाद युनाइटेडको कप्तान सदाब खान हुन् । कराँची किङ्सको नेतृत्व डेभिड वार्नरले गर्नेछन् । लाहोर क्वालन्डर्स भने साहिन शाह अफरिदीको कप्तानीमा मैदानमा ओर्लने छ । मुल्तान सुल्तानका कप्तान मोहम्मद रिजवान, पेशावर जाल्मीका कप्तान बाबर आजम र क्वेटा ग्लाडिएटर्सका कप्तान साउद सकिल हुन् ।
यसपटक पीएसएलमा विदेशी खेलाडीका रुपमा कोलिन मुनरो, म्याथ्यू शर्ट, जासन होल्डर, आन्द्रेस गौस, राशी भान डेर डुसेन, एलेक्स केरी, केन विलियम्सन, लिटन दास, एडम मिल्ने, टिम सिफर्ट, जेम्स भिन्स, डेभिड वार्नर र सिकन्दर राजा सहभागी छन् ।
यसैगरी, डेभिड विसे, ड्यारल मिचेल, कुशल परेरा, टम कुर्रन, साम विलिङ्स, साई होप, जोन्सन चार्लिस, गुडाकेश मोटी, माइकल ब्रासवेल, क्रिस जोर्डन, डेभिड विली, अल्जारी जोसेफ, मार्क चापम्यान, फिन एलन, कुशल मेन्डिस, सिन एबटलगायतका विदेशी खेलाडी पनि सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण