उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रवाहमा अलग गर्न आयोगको सुझाव
काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रवाह गर्ने निकायको रुपमा अलग गर्न सुझाव दिएको छ ।
शुक्रवार अर्थ मन्त्रालयमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई हस्तान्तरण गरेको आयोगको प्रतिवेदनमा यस्तो सुझाव दिएको हो ।
नेपाललाई युरोपेली युनियनले लामो समयदेखि हवाई सुरक्षा चासोका कारण कालोसूचीमा राखेको र यसले गर्दा नेपाल एयरलाइन्सले युरोपमा उडान गर्न नपाएको उल्लेख गर्दै कालोसूचीबाट हट्नका लागि नेपाल विमान प्राधिकरणमा नियामक र सेवा प्रवाह गर्ने निकाय अलग गर्नुपर्ने र हवाई कम्पनीको सञ्चालन क्षमतामा आमूल सुधार गर्नुपर्ने सुझाव दिइएको छ ।
नेपाल वायु सेवा निगमको पुनःसंरचना गरेर बाह्य रणनीतिक साझेदार भित्र्याउन सरकारलाई आयोगले सुझाव दिएको छ । आयोगले निगमलाई व्यावसायिक ढंगले सञ्चालन गर्न पनि सरकारलाई सुल्झाएको छ ।
आयोगले दुई अन्तर्राष्ट्रिय विमानस्थलहरू (पोखरा र भैरहवा) को २०८१ साउनमा मन्त्रिपरिषद्बाट स्वीकृत कार्ययोजना अनुसार सञ्चालन कार्यान्वयन गर्नुपर्ने सुझाव दिएको छ ।
त्यस्तै, अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्री क्षमता तत्काल बढाउन आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने सिफारिस गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण