विद्यार्थी ठगी विषयमा पूजा : म दोषी छैन, दोषीलाई कारवाही होस्
काठमाडौं । अभिनेत्री तथा फिल्म निर्मात्री पूजा शर्माले फिल्म ‘रावायण’ निर्माणका लागि विद्यार्थी ठगिएको विषयमा आफु दोषी नभएको बताएकी छन् ।
उनले सामाजिक संजालमा एक पोष्ट गर्दै यसमा आफ्नो प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता नरहेको स्पष्ट पारेकी हुन् ।
फिल्मका कार्यकारी निर्माता सुशान पाठकले वैदेशिक अध्ययनका लागि जान लागेको विद्यार्थीको रकम फिल्म निर्माणमा लगानी गरेको तर फिल्म डुबेपछि उनी सम्पर्कविहिन भएको समाचार अहिले बाहिर आएपछि पूजाले आफु संलग्न नरहेको बताएकी हुन् ।
‘हालका दिनहरूमा मिडिया तथा सामाजिक सञ्जालमा विदेश अध्ययनको नाममा उठाइएको रकम सम्बन्धी केही भ्रमपूर्ण समाचारहरू सार्वजनिक भइरहेका छन् । यस सन्दर्भमा म स्पष्ट रूपमा भन्न चाहन्छु कि मेरो सो विषयसँग कुनैपनि प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता छैन’, उनले फेसबुकमा अगाडि लेखेकी छन् ‘विद्यार्थीहरूबाट उठाइएको रकमको प्रमुख दोषी सुषान पाठक हुन्, जो हाल फरार अवस्थामा छन् र मलाईसमेत लगातार टारिरहेका छन् । म यस घटनाबाट स्वयं पीडित भएको महसुस गर्दैछु र सम्बन्धित निकायहरूले यथाशीघ्र अनुसन्धान गरि दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण