आइतबार, २८ वैशाख २०८२
ताजा लोकप्रिय

तीनकुने घटनामा पूर्वराजालाई अनुसन्धानको दायरामा ल्याइनुपर्छ : महेश बर्तौला

शुक्रबार, २९ चैत २०८१, १८ : २४
शुक्रबार, २९ चैत २०८१

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई जवाफदेहिताको दायरामा ल्याउनुपर्ने बताएका छन् । 

शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले उक्त घटना फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको वक्तव्यबाट शुरु भएकाले कतै न कतै उहाँका भुमिका भएको दाबी गरे ।

उनले उक्त घटनामा पूर्वराजा शाहको भुमिकाबारे सार्वजनिक प्रश्न उठेकाले उक्त विषयमा छानबिनबारे सरकारले आफ्नो धारणा सार्वजनिक गर्न माग गरे । 

उनले उक्त घटना सुनियोजित र प्रायोजित ढंगले गरिएको जिकिर गरे ।  घटनामा सुरक्षा निकायले संवेदनशिलता देखाएकाले थप ठूलो घटना हुनबाट बचेको उनको भनाइ छ । 

उनले प्रहरीमाथि हेर्नै नसकिने तरिकाको निर्मम र पाशविक प्रहार भएको बताए । उनले उक्त घटना कुनैपनि राजनीतिक मागसँग जोडिएको आन्दोलन नभएको बताए ।

उनले भने, ‘१५ गतेको घटना नेपालको इतिहासमा अत्यन्त क्रुर हिसावले दर्ज भएको घटना हो । जिउँदै पत्रकारहरुलाई मारिएको अवस्था छ । सरकारी र व्यक्तिगत घरहरु यसरी आगजनी गरेर यति ठूलो क्षति गराइयो, लुटपाट आगजनी जुन ढंगले भयो, व्यक्ति हत्या जसरी गराइयो । त्यो असाध्यै प्रायोजित ढंगबाट गरिएको यो घटना यसका दोषीहरुलाई सरकारले कानूनी दायरामा ल्याउनका लागि, कारबाहीको प्रक्रियामा ल्याउनका लागि जसरी शिघ्राति शिघ्र अपराध कर्मका जोडिएकाहरुलाई नियन्त्रण गरी अनुसन्धानको दायरामा ल्याउने अगाडि बढाउने काम गरेको छ सरकारलाई धन्यवाद दिन्छु ।  गृहमन्त्री र सुरक्षा सम्यन्त्रप्रति आभार व्यक्त गर्न चाहन्छु । फागुन ७ गते पूर्वराजाले प्रजातन्त्रको नामा एउटा वक्तव्य सार्वजनिक गर्नुभयो, अभिव्यक्ति दिनुभयो, बेला आएको छ जनताले मलाई साथ देउ भनेर अपिल गर्नुभयो । त्यसपछिका घटना त्यहाँबाट प्रारम्भ भएको देखिन्छ । त्यसकारणले गर्दा त्यति ठुलो घटना हुँदा फागुन ७ गते उहाँ स्वयंले आह्वान गरेको अभिव्यक्ति सार्वजनिक मतबाट उत्साहित भएर जे घटनाहरु पपछिल्लो चरणमा भएका छन् त्यो दिनको घटनासँग जोडेर उहाँले कुनैपनि प्रतिक्रिया पनि आजसम्म दिनुभएको छैन,, जहाँ ठुलो क्षति भएको छ न त मृतकमा श्रद्धाञ्जली, न परिवारजनमा समवेदना । उहाँ आफै कहीँ न कहीँ इन्भल्वमेन्ट छ भन्ने कुरा उहाँका आह्वानबाट परेको त्यो दृश्यले गर्दा यो प्रक्रियामा पूर्वराजा ज्ञानेन्द्रलाई पनि कहीँ न कहीँ जवाफदेहीताको तहमा ल्याइनुपर्छ भन्ने मलाइ लाग्छ,’ ।

प्रमखु सचेतक बर्तौलाले तीनकुने घटनाले तीनकुने क्षेत्र अत्यन्तै संवेदनशील स्थान भएकाले त्यस्ता स्थानमा प्रदर्शन गर्न दिने कुरामा विशेष ख्याल गर्नुपर्ने बताए । 

उनले घटनाको दोषी जो सुकै भएपनि उन्मुक्ति कसैलाई दिन नहुनेमा जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप