धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल)मा महेन्द्रसिंह धोनीले कप्तानी सम्हाले कै खेलमा चेन्नई सुपर किङ्सले लज्जास्पद हार व्यहोरेको छ ।
नियमित कप्तान ऋतुराज गायकवाड कुहिनाको चोटका कारण बाहिर बस्नु परेपछि ४३ वर्षीय धोनीले कप्तानको भूमिका निर्वाह गर्न पुगेका हुन् । यद्यपि, उनले कप्तानी सम्हाले कै खेल चेन्नईले गुमाएको छ । उसले कोलकाता नाइट राइडर्ससँग आठ विकेटको हार भोग्नु परेको हो ।
कोलकाता भने यो जितसँगै तेस्रो स्थानमा उक्लिएको छ । उसको ६ खेलबाट ६ अंक भएको छ । चेन्नईको भने यो लगातार पाँचौं हार हो । जम्मा दुई अंक बटुलेको चेन्नई नवौं स्थानमा छ ।
एमए चिदम्बरम स्टेडियम, चेपौकमा चेन्नईले दिएको १०४ रनको चुनौति कोलकाताले १० ओभर १ बलमै जम्मा दुई विकेट गुमाएर पार गर्यो । उसले ११ ओभरको सुरुवाती बल भित्रै १०७ रन बनायो । कोलकातालाई तेस्रो जित दिलाउन सुनील नारायणले अलराउन्ड खेले ।
बलिङमा तीन विकेट लिएका उनले ब्याटिङमा सर्वाधिक ४४ रन बनाए । १८ बल खर्चिएका उनले दुई चौका र पाँच छक्काको मद्दतले उच्च स्कोर बनाए । क्विन्टन डे कक २३ रनमा आउट हुँदा कप्तान अजिंक्य रहाणेले २० र रिन्कु सिंहले १५ रनको योदान दिए ।
चेन्नईका नूर अहमद र अन्सुल कामबोजले एक–एक विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले ९ विकेट गुमाएर १०३ रन बनाएको थियो । चेन्नईका लागि शिवम दुबेले अविजित रहँदै ३१ रन बनाएका थिए ।
विजय शंकरले २९ रन जोड्दा राहुल त्रिपाठी १६ र डेभन कन्वे १२ रनमा आउट भए । तर, अन्य ब्याटर धेरै बेर क्रिजमा टिक्न सकेनन् । चेन्नईलाई ध्वस्त पार्न कोलकाताका सुनील नारायणले सर्वाधिक तीन विकेट लिए । हर्षित राना र वरुण चक्रवर्तीले समान दुई-दुई विकेट लिंदा वैभव अरोरा र मोइन अलीले एक-एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण