बबरमहलमा मोटरसाइकल र स्कुटर जुध्दा एक जनाको मृत्यु, दुई घाइते
काठमाडौँ । काठमाडौँ महानगरपालिका-११ बबरमहलस्थित सडकमा मोटरसाइकल र स्कुटर जुध्दा एक जनाको मृत्यु भएको छ ।
प्र.२-०३-०१८ प ५८३४ नम्बरको स्कुटरलाई प्र.३-०२-०१० प ६९५४ नम्बरको मोटरसाइकलले शनिबार बिहान ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जना र स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
उता, चितवनको भरतपुर महानगरपालिका-२५ छाताचोकमा ना.५१ प २०४० नम्बरको मोटरसाइकल र बा.प्र.०६-००२ प १३०४ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा ना.५१ प २०४० नम्बरको मोटरसाइकल चालक भरतपुर महानगरपालिका-२७ बस्ने ३९ वर्षीय टेक बहादुर पुलामी मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ना.५१ प २०४० नम्बरको मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने बा.प्र.०६-००२ प १३०४ नम्बरको मोटरसाइकलमा सवार २ जनालाई उपचारको लागि भरतपुर सरकारी अस्पताल पठाइएको छ ।
यसैगरी मोरङको सुनवर्षी नगरपालिका-३ तल्लो भेलाइ टोलस्थित सडकमा सुनवर्षीबाट खैरबारीतर्फ आउँदै गरेको प्रदेश.१-०२-००३ त ०७५२ नम्बरको ट्याक्टरले प्रदेश १-०४-००१ प ४०११ नम्बरको मोटरसाइकल शुक्रबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सुनवर्षी नगरपालिका-३ बस्ने ३१ वर्षीय भूपेन्द्र कटुवालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण