वीरगञ्जमा साँझदेखि कर्फ्यु लगाउने तयारी
पर्सा । वीरगञ्जको अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाउने तयारी गरेको छ ।

दुई पक्षबिचको झडपले अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु लगाउने तयारी गरेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । कुन कुन ठाउँमा कर्फ्यु लगाउने भन्नेबारेमा अहिले जिल्ला प्रशासन कार्यालयमा छलफल चलिरहेको अर्यालको भनाई छ ।

वीरगञ्जको छपकैयामा स्थानीय समुदायबिच भएको झडप उग्र बनेको हो । हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र भगवान हनुमानको जन्मजयन्तीको अवसरमा आज शनिबार वीरगञ्जमा शोभायात्रा निकालिएको थियो । उक्त क्रममा शोभायात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि अवस्था झडपमा परिणत भएको बताइएको छ । शोभायात्रामा सहभागीहरुले भने मुस्लिम समूहले मस्जिदबाट ढुंगा मुढा हानेपछि विवाद सुरु भएको आरोप लगाएको प्रहरीको भनाई छ ।

यस क्रममा दुवै समुदायबिच ढुंगा हानहान भएको थियो । यस क्रममा केही घाइते भएका छन् । घटना तनावग्रस्त र अवस्था नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले उक्त झडप रोक्न केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ ।
यता, झडपमा संलग्नहरूले केही पसल र मोटरसाइकलहरूमा आगजनीसमेत गरेका छन् । प्रहरीले घटनास्थलमा लाठीचार्जसमेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण