२८ दिनपछि नागढुंगा सुरुङ मार्गमा प्रहरी परिचालन गरी निर्माण थालियो
काठमाडौँ । २८ दिन पछि नागढुंगा सुरुङमार्ग निर्माण थालिएको छ । स्थानीयहरूको अवरोध नहटेपछि प्रहरी परिचालन गरी निर्माण थालिएको आयोजनाले जनाएको छ । आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले स्थानीयहरू सहमतिमा आउन नमानेपछि प्रहरी परिचालन गरी निर्माण थालिएको बताए ।
‘उहाँहरूको माग पुरा गर्ने भन्दा पनि सहमतिमा आउन मान्नुभएको थिएन,’ उनले भने, ‘सुरक्षाका लागि अहिले प्रहरी परिचालन गरी काम अघि बढाइएको छ । करिब १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएपछि निर्माण कार्य सुरु गरेका छौँ ।’
गत चैत ३ गते चन्द्रागिरि नगरपालिका २ का स्थानीयहरूले निर्माणमा अवरोध गरेका थिए । चर्किएका घरको उचित क्षतिपूर्ति दिनुपर्ने, निःशुल्क खानेपानीको व्यवस्था गर्नुपर्ने, योग्यता र क्षमताका आधारमा प्रभावित क्षेत्रका बासिन्दालाई रोजगारीको ग्यारेन्टी गर्नुपर्नेलगायत माग राख्दै स्थानीयले काममा अवरोध गर्ने गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण