ड्रोन दर्ता शुल्कमा अत्यधिक वृद्धि गरिएकोमा नेपाल मानव रहित विमान (ड्रोन) संघको ध्यानाकर्षण
काठमाडौँ । ड्रोन दर्ता शुल्कमा अत्यधिक वृद्धि गरिएकोमा नेपाल मानव रहित विमान (ड्रोन) संघले ध्यानाकर्षण गराएको छ । आइतबार संघका महासचिव प्रविन भट्टराई र अन्य सदस्यहरूको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पुगेर ध्यानाकर्षण पत्र बुझाएका छन् ।
पहिला १० डलर प्लस भ्याट रुपैयाँ शुल्क राखिएको थियो । अहिले एकै पटक ५० डलर प्लस भ्याट रुपैयाँ शुल्क तोकिएको छ (जुन नेपाली रुपैयाँमा लगभग ८ हजार पर्न जान्छ) । ‘ड्रोन दर्ता शुल्कमा करिब ४ सय गुणा वृद्धि गरिएकोमा संघले गम्भीर चिन्ता व्यक्त गरेको छ ।

'यस्तो महत्वपूर्ण नीति गत निर्णय लिदा सरोकारवाला निकायहरूलाई कुनै जानकारी नै नगराई, परामर्श नगरी मूल्य वृद्धि गर्नु खेदजनक छ,’ आइतबार संघले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, शुल्क वृद्धिको कारण, प्रक्रिया तथा उद्देश्यबारे स्पष्ट जानकारी पाउन चाहन्छौं । यो विषयमा प्रत्यक्ष छलफल गर्न मन्त्रालयसँगको बैठकको माग गर्दछौं ।’
ड्रोन प्रविधिले पर्यटन प्रवर्द्धन, संस्कृति अभिलेखीकरण, विपद् व्यवस्थापन, अनुसन्धान र अन्य थुप्रै विकासमुखी कार्यहरूमा महत्वपूर्ण भूमिका खेलेको महासचिव प्रविन भट्टराईले बताए ।
नेपाल मानव रहित विमान (ड्रोन) संघ (अन्म्यान्ड् एयरक्राफ्ट एशोसियसन नेपाल) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'भारी शुल्क वृद्धिले यस क्षेत्रमा कार्यरत नेपाली स्टार्टअप, अनुसन्धानकर्ता, सृजनशील युवा र व्यवसायीहरूलाई निरुत्साहित पारेको छ ।'
साथै संघले सहकार्य गर्न आफू तयार रहेको र सकारात्मक समाधानका लागि आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण