सिराहाबाट खैरो हेरोइनसहित युवक पक्राउ
सोमबार, ०१ वैशाख २०८२, १२ : ०३
काठमाडौँ । प्रहरीले सिराहाको लहान नगरपालिका–७ बाट लागुऔषध खैरो हेरोइन सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका–९ घर भएका २९ वर्षीय अक्षय कुमार यादव छन् ।
आरोपीको साथबाट ६ ग्राम ३० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी वीरेन्द्रकुमार पासवानले रातोपाटीलाई बताए ।
लागुऔषध सहित पक्राउ परेका यादव मधेश प्रदेश–०१–००१ ह १८३२ नम्बरको सिटि रिक्सा चालक हुन् । उनले रिक्सामा राखेर लागुऔषध लैजाँदै गरेको अवस्थामाा पक्राउ परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण